लगानीमैत्री वातावरण बनाउन नेपाल तयार छः पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2024 | 12:40:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीमैत्री बनाउन बनाउन सरकार र सबै राजनीतिक दलहरु तयार रहेको बताएका छन् । तेस्रो लगानी सम्मेलनको उद्धाटन सत्रमा आफ्नो मन्तव्य राख्ने क्रममा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री देउवाले नेपालमा लगानी बढाउन विदेशी लगानीकर्तालाई आग्रह गरेका हुन् । 

‘नेपालमा लगानी गर्नु लाभदायक छ, नेपालमा लगानी गरेका विदेशी कम्पनीले राम्रो लाभांश लगेका छन्’, देउवाले भने, ‘म तपाईंहरुलाई नेपालमा लगानी बढाउँदै नेपालको आर्थिक विकासमा सहयोग गर्न आग्रह गर्दछु, हामीहरु पूर्ण सुरक्षाको प्रत्याभुत गर्न तयार छौं ।’

उनले २०४८ सालमा नेपाली कांग्रेस नेतृत्वको सरकारले आर्थिक सुधारको काम सुरु गरेको स्मरण गर्दै आगामी दिनमा पनि निरन्तर सुधारका काम गर्न तयार रहेको बताएका छन् । 

‘कांग्रेस नेतृत्वको सरकारले नै उदारिकरणको नीति सुरु गर्दै व्यवसायीक वातावरणमा सुधार गरेको हो, निजी क्षेत्रलाई प्रवर्धन गर्ने नीति लिएको हो’ देउवाले भने,’ अहिले नेपालमा लगानी गर्न सहज अवस्था छ । कर नीतीमा सुधार भएको छ, लगानी फिर्ता लैजान पनि सहज अवस्था छ । हामीहरु लगानीकर्ताको सुधारका आधारमा थप आवश्यक सुधार गर्न तयार छौं ।’

उनले नेपालका लगानीका क्षेत्रमा पर्यटन, जलविद्युत, आइटी र खानी क्षेत्रमा पर्याप्त सम्भावना रहेको जनाउँदै कानुनद्वारा नै लगानी संरक्षण गर्ने नीति लिएको बताए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved