उद्योग संगठन मोरङ आयोजनामा दुई दिने मानव संशाधन सम्मेलन प्रारम्भ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2024 | 07:05:17 PM मा प्रकाशित

laxmi  sunrise bank

 औद्योगिक क्षेत्रमा कार्यरत जनशक्तिको विकास, क्षमता अभिवृद्धि र सृदुढिकरण, मर्यादित कार्यस्थल निर्माणम सहयोग पु¥याउने उद्देश्यका साथ उद्योग संगठन मोरङ आयोजनामा दुई दिने मानव संशाधन सम्मेलन प्रारम्भ भएको छ । काठमाण्डौं विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाको प्रमुख आतिथ्य र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजु थपलियाको विशिष्ट आतिथ्यमा सम्मेलनको उद्घाटन भएको हो ।  

उद्घाटन कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले नीति निर्माण तहमा वहस र पैरवी गर्दै आएको उद्योग संगठन मोरङको आयोजनामा प्रथम पटक भईरहेको यस सम्मेलनले स्थानीय उद्योग व्यवसाय क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता विकास गरी उत्पादकत्व अभिवृद्धि, औद्योगिक वातावरण निर्माण सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले वैदेशिक रोजगारीमा मात्र नभई स्वदेश कै उद्योग व्यवसाय क्षेत्रमा समेत सम्मानजन काम गर्ने वातावरण तयार गर्न, रोजगारीका नया अवसर सिर्जना गर्न संगठनले आफ्ना कार्यक्रमलाई रुपान्तरण र परिस्कृत गर्दै लैजाने क्रममा यस सम्मेलनको आयोजना गरेको बताए।

मानव संशाधन विकासको क्षेत्रमा पाराडाईम शिफ्टका रुपमा पहिलो पटक सहभागिहरुले शुल्क तिरेर सहभागिता जनाउने गरी आयोजना गरिएको यस सम्मेलनमा सत्साहजनक सहभागिताले संगठनलाई उत्साहित वनाएको अध्यक्ष सुरानाले बताए। कार्यक्रमले वौद्धिक वर्गलाई उद्योग व्यवसाय क्षेत्रमा कामगर्ने राम्रो वातावरण तयार गर्न वहुराष्ट्रिय कम्पनी, नेपालका प्रतिष्ठित घराना गरेका अभ्यासहरुका सम्वन्धमा अनुभव आदान प्रदान गरी नेपाल मै काम गर्नसक्ने वातावरण रहेको सन्देश प्रवाह गरी युवाहरुमा सकारात्मक भावना विकास गर्न सहयोग पुग्नेमा अध्यक्ष सुरानाले विश्वास व्यक्त गरे ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि काठमाण्डौं विश्वविद्यालयका प्रा.डा. भोला थापाले औद्यागिक जनशक्ति विकासका लागि उद्योग र एकेडेमिया क्षेत्रको सहकार्य आवश्यह रहेको वताए । उनले अथतन्त्रलाई चलायमान वनाउन, आर्थिक समृद्धि प्रँप्त गर्न दक्ष जनशक्ति आवश्यक रहेको औल्याउदै पाठयक्रम विकासको क्रममा विश्वविद्यालयहरुलाई नीजि क्षेत्रको सुझाव आवश्यक हुने वताए । 

प्राध्यापक डा. थापाले जनशक्ति विकासका सन्दर्भमा व्यापक सुधार गरि उपलब्ध श्रोत साधनको उच्चतम प्रयोग गरी विश्वको आर्थिक विकासको गतिलाई आत्मसात गरी देशलाई समृद्ध वनाउनु पर्ने धारणा राखे ।  

विशिष्ठ अतिथि पूर्वाञ्चल विश्वविद्यालयका प्रा.डा बिजु थपलियाले अन्र्तराष्ट्रिय अनुभव र नेपालको आवश्यकता साथै वर्तमान अवस्थामा उपलब्ध जनशक्तिलाई ध्यानमा राखी आगामी मार्ग तय गर्नुपर्ने धारणा राखे । उनले दक्ष जनशक्ति उत्पादनका लागि पूर्वाञ्चल विश्वविद्यालय नीजि क्षेत्रसंग सहकार्य गर्न इच्छुक रहेको वताउदै औद्योगिक विकासमा सबैको सहकार्य आवश्यक हुने विचार व्यक्त गरे । 

सम्मेलनमा विश्वविद्यालय र शैक्षिक बीचको अन्तर सम्वन्ध विकास, उद्योगहरुको लागि आवश्यक उच्च दक्ष कामदार उत्पादनमा विश्वविद्यालयको भूमिकाका साथै स्थानीय उद्योग व्यवसायलाई आवश्यक जनशक्ति तयार गर्न पाठयक्रममा गर्नुपर्ने परिमार्जनका सम्वन्धमा सहयोग पु¥याउन शैक्षिक क्षेत्रका बृद्द्त वर्गलाई संगठनले आमन्त्रण गरेको छ । 

विभिन्न ११ वटा सेसनहरु रहेको सम्मेलनमा भारतका वहुराष्ट्रिय कम्पनीहरुले मानव संशाधन विकासको क्षेत्रमा गरेका प्रयास र अनुभव, प्रविधिको विकासले मानव संशाधनको क्षेत्रमा पारेको प्रभाव, उपलब्धी र यसको सदुपयोगका साथै नेपालका प्रतिष्ठित कम्पनीहरुले यस क्षेत्रमा गर्दै आएका प्रयासका साथै प्रचलित ऐन, कानुनले स्थापना गरेको अनुपालनहरुको अवस्थाको वारेमा चर्चा गरिने संगठनले जनाएको छ । 

त्यसैगरी दक्ष जनशक्ति विकासमा उद्योगको भूमिका, औद्योगिक प्रशिक्षार्थीहरुले मानव संशाधनका क्षेत्रमा गर्नसक्ने  योगदान, अन्तर्राष्ट्रिय मापदण्डहरु परिपालन गर्दै जादा अलवम्वन गर्नुपर्ने गुणस्तरीय व्यवस्थापन प्रणाली, मूल्य अभिवृद्धि श्रृखला विकासमा उद्योगमा कार्यरत जनशक्तिको भूमिका लगायत विषयमा प्रस्तुती हुनेछ । 

कार्यक्रम अवधिमा मोटिभेशनल स्पीकरद्धारा सफलताका १२ सुत्रहरुका वारेमा प्रकाश पारिने छ । साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय आधारमा मानव संशाधनका विकासका क्ष्ँेत्रमा पालना गर्नुपर्ने न्यूनतम मापदण्डहरुका विषयमा कार्यक्रम केन्द्रित रहने छ भने व्यवसायी व्यवसायी वीच बजार पहिचान, व्यवसायीक सम्वन्ध स्थापना गराउन वि२वि विराट बजार जस्ता नेटवर्किङ कार्यक्रम संचालन गरीने संगठनले जनाएको छ । 

सुनसरी मोरङ औद्योगिक करिडोरमा अवस्थित विभिन्न उद्योग प्रतिष्ठानका संचालक, व्यवस्थापक, मानव संशाधन प्रमुख, विभिन्न विश्वविद्यालयका प्राज्ञिक वर्ग, विकास साझेदार संस्थाका प्रतिनिधिहरु गरि १५० जनाको सहभागिता रहेको दुई दिने सम्मेलनमा भारतबाट वहुराष्ट्रिय कम्पनीका मानव संशाधन प्रमुखहरु, विकास साझेदार संस्था आई.एल.ओ, स्विस सरकार विकास सहयोग, जर्मन सहयोग, इन्स्योर हेल्भेटास, एन.भि.क्यू.एस लगायतका प्रतिनिधिहरुले कार्यपत्र प्रस्तुत गर्नु हुनेछ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved