सरकारले बैदेशिक रोजगारीको क्रममा विदेशमा अभिभाबक गुमाएका बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। रोजगारीको क्रममा प्रवासमा नै अभिभावक गुमाउने १२ सय ८३ विद्यार्थीलाई सरकारले छात्रवृत्ति दिने निर्णय गरेको वैदेशिक रोजगार बोर्डको सचिवालयले जानेको छ।
प्राप्त निवेदनका आधारमा चालू आर्थिक बर्ष २०७५-७६ का लागि ४८ जिल्लाका विभिन्न विद्यालयमा पढ्ने ६ सय ६५ छात्र तथा ६ सय २८ छात्रा गरी जम्मा १२ सय ८३ जनालाई छात्रवृत्ति दिने निर्णय गरेको बोर्ड सचिवालयले जनाएको छ।
छात्रवृत्तिका लागि असार मसान्तभित्र बोर्ड सचिवालयमा आइपुग्ने गरी निवेदन पठाउन पनि बोर्डले आह्वान गरेको छ। छात्रवृत्ति पाउनेमा सबैभन्दा बढी झापामा ८१ र महोत्तरीका ८० जना विद्यार्थी छन्। त्यस्तै छात्रवृत्ति पाउनेमा सबैभन्दा कम कास्की, सिराहा र श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको निर्वाचन जिल्ला गुल्मीमा २ जना बिद्यार्थी छन।