‘बादशाह जुट’ ले माफि माग्यो नेपालका मुस्लिम समुदायसँग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2019 | 10:44:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कथानक चलचित्र ‘बादशाह जुट’ को निमाण पक्षले फिल्मको ट्रेलरको केहि दृश्यले नेपालका मुस्लिम समुदायमा परेको ठेसप्रति माफि मागेको छ। निर्माण पक्षले नेपाल मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीसंगको भेटवार्तापछि फिल्ममा कुनै धर्म वा समुदायको मान मर्दन हुने र आँच पुर्याउने दृश्य नभएको स्पष्ट पार्दै ट्रेलरमा अन्यथा हुन् गएको भन्दै माफि मागेको हो।

ट्रेलरमा ३ सकेन्ड देखि बजेको अजानको आवाज र आठ सेकेन्डमा देखाइएको हतियार तथा १३ सेकेन्डमा राखिएको आईएसको आवाजको दृश्यले  ले मुस्लिम समुदायमा परेको ठेसप्रति भने निर्माण पक्षले माफि मागेको छ । 

आज एक विज्ञप्ती जारी गर्दै निर्माण समूहले ‘बादशाह जुट’को सार्वजनिक ट्रेलरमा मुस्लिम समुदायलाई ठेस पुर्याउने खालको कुनै पनि साम्रगी प्रयोग नगरिएको स्पष्ट पारेको छ। 

निर्माण पक्षले चलचित्र सेन्सर बोर्डले ‘बादशाह जुट’ले कुनै पनि धर्म तथा समुदायलाई ठेस पुर्याउने सामग्री चलचित्रमा समावेश नभएको भन्दै  प्रदर्शनका लागि इजाजत दिएकाले मुस्लिम समुदायलाई कुनै पनि नकारात्मक सामग्री नरहेको आश्वस्त पारेको छ। चलचित्र निर्माण समूहले राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीसँग छलफल गरि आवश्यक दृश्य तथा संवाद संच्याउने निर्णय गरिएको पनि विज्ञप्तीमा उल्लेख छ ।  

मुस्लिम समुदायलाई अपमानित गर्ने उद्देश्यले ‘बादशाह जुट’ नबनाइएको पनि फिल्मका निर्देशक जोनी सिंह राणाले बिजपाटीसंगको कुराकानीमा बताएका छन । 

यसअघि, नेपाल मुस्लिम संघले सार्वजनिक ट्रेलरप्रति आपत्ति जनाउने युट्युबबाट हटाउन आग्रह गरेको थियो । कात्तिक १५ गते रिलिज हुने चलचित्रलाई जोनी सिंह राणाले निर्देशन गरेका छन।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved