शिल्पीमा माधवी, दर्शक थेग्नै गाह्रो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 07, 2016 | 06:56:25 AM मा प्रकाशित

laxmi  sunrise bank

राजधानीको शिल्पी थिएटरमा ऋग्वेदको पौराणिक पात्रको कथावस्तुलाई समेटिएको नाटक माधवी मञ्चन भइरहेको छ । माधवीका दर्शकको चाप थेग्न शिल्पीलाई हम्मेहम्मे परेको छ ।माधवी प्रेम र कर्तव्यको कारण सिर्जित विभिन्न कठिनतम परिस्थितिका अनेक उतारचढावमा केन्द्रित नाटक हो । भारतीय लेखक भीष्म साहनीको लेखन र टंक चौलागाईँको निर्देशनमा तयार भएको यो नाटक थिएटर प्रज्ञाले प्रस्तुत गरेको हो ।

विश्वामित्रले आफ्ना हठी शिष्य गालवसँग आठसय अश्वमेधी घोडा गुरुदक्षिणा स्वरुप माग्छन् । गालव आफ्नै हठको कारण सिर्जित भयंकर जिम्मेवारी पूरा गर्न राजदरबार त्यागेका राजा यायातिको शरणमा पुग्छन् । यायातिले आफुले विश्वामित्रको माग पूरा गर्न प्रत्यक्ष सहयोग गर्न नसक्ने तर माधवीको माध्यमबाट गर्न सकिने कुरा गालवलाई सुझाउँछन् । 

त्यसैअनुरुप आफ्नी छोरी माधवी दान दिन्छन् र उनीमार्फत गालवको गुरुदक्षिणा चुक्ता गर्न सहयोग गर्छन् । यसरी सुरु भएको कथावस्तु क्रमश: अघि बढ्दै जाँदा नाटकको अन्त्यसम्म दर्शकलाई कौतुहलताले छाड्दैन ।

दानकर्ममा बाबु-छोरीको कर्तव्य प्रमुख बन्छ । गालव दानस्वरुप पाएकी माधवीलाई लिएर घोडा खोज्ने यात्रामा निस्कन्छ । यात्रासँगै कर्तव्यको स्थानमा प्रेमको उपस्थिति हुन्छ । माधवी प्रेमको प्राप्तिका लागि र गालव आफ्नो गुरुदक्षिणाको भारबाट मुक्ति पाउनका लागि संघर्ष गर्छन् । यसैक्रममा माधवीलाई विभिन्न राजाले भोग गर्ने र चक्रवर्ती पुत्र हासिल गर्ने अवस्था आउँछ ।
 
गुरुदक्षिणा पूरा भएपछि यायातिको आश्रममा भएको भेटमा गालवले माधवीको प्रेमलाई अस्वीकार गर्छ । चीरकौमार्य प्राप्त माधवीलाई बुढी महिलाको स्वरुपमा देखेपछि गालवले उनलाई अनुष्ठान गरेर कौमार्य पुन: हासिल गर्न सुझाउँछ तर यो विषयमा माधवीको कुनै रुचि हुँदैन । अन्तमा माधवी स्वतन्त्र भएर जिउने निस्कर्षमा पुगेसँगै नाटक टुङ्गिन्छ । माधवीले अन्तमा रोजेको बाटोको बारेमा दर्शकको कौतुहल मेटिँदैन । नाटकमा माधवीको चीरकौमार्यको रहस्य के हो ? भन्ने प्रश्न पनि अनुत्तरित छ ।

नेपाल यातायातजस्तै दर्शकदीर्घा
नेपालको वर्तमान परिवेशमा रङ्गमञ्चकै हाराहारीको दोस्रो अनुशासित र शान्त ठाउँ भेट्न मुस्किल छ । सामान्यतया: रङ्गमञ्च शान्त, शालीन र सहज हुन्छ । माधवीको हकमा भने यो मान्यता सही नहुन सक्छ । 

नाटकमा दर्शकको अत्यधिक आकर्षणले गर्दा यतिबेला शिल्पीको दर्शकदीर्घा अस्तव्यस्त बन्न पुगेको छ । यससँगै रङ्गमञ्चको शान्ति र सहजतामाथि प्रश्नचिन्ह लाग्न थालेको छ ।अबका दिनमा क्षमताभन्दा बढी सङ्ख्यामा दर्शक हुँदा आइपर्न सक्ने समस्याको बारेमा थिएटर व्यवस्थापन चनाखो रहनुपर्ने देखिन्छ । 
 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved