समृद्ध नेपाल बनाउने जगतबहादुरको संकल्प

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 17, 2019 | 09:54:40 PM मा प्रकाशित

laxmi  sunrise bank

हाइड्रोको कमाईले समृद्ध नेपाल बनाउने जगतबहादुरको संकल्रिएर रहेका साना साना पुंजीलाई एकीकृत गरि सामुहिक लगानीबाट उद्यम संचालन गरि रोजगारी बढाउन सकिन्छ भन्ने अभियानमा लागेर धेरै काम गरेका युवा व्यवसायी हुन जगतबहादुर पोखरेल। 

२०३२ सालमा पाल्पाको भैरवस्थानमा जन्मिएका पोखरेलले २० वर्षको उमेरदेखि नै संघसंस्थाको नेतृत्व गर्न शुरू गरेका हुन। छोटो समयमा नै कुशल नेतृत्त्व, सफल व्यवसायी तथा अभियन्ताको पहिचान बनाएका पोखरेलले धेरै संघ संस्थामा नेतृत्त्व गरेका छन। पोखरेल  नेतृत्व गरेका हरेक संस्थाका सेयरधनीदेखि लगानीकर्तालाई रिझाउन सफल भएका छन।

नेपाल जेसिजको अध्यक्ष, बुटवल जेसिज, बुद्ध टिभी, रेडियो रिपब्लिक, पश्चिमाञ्चल एफएम (पाल्पा), लुम्बिनी मेडिकल कलेज, चौतारी माइक्रोफाइनान्स, पश्चिमाञ्चल ग्रामीण विकास बैंक, एडमन्ट सिटी हस्पिटल, भैरव व्याग, भैरवस्थान सहकारी, नवज्योति बोर्डिङ स्कूल, भिजन लुम्बिनी लगायत १५ वटाभन्दा बढी संघसंस्थाको सफल नेतृत्व गरेका छन।

बुटवल जेसिसका अध्यक्ष हुँदा ७५ लाख रूपैयाँ संकलन गरी भवन बनाएका पोखरेलले बुटवलबाट बिरामी काठमाडौं पुर्याउन एम्बुलेन्स समेत खरिद गरे। उनी अध्यक्ष हुँदा पश्चिमाञ्चल ग्रामीण विकास बैंकका ५ वटा शाखालाई मर्ज गरी एउटै बनाए। जुन बैंक मर्जर गर्ने नयाँ अभियान थियो। 

त्यति मात्र नभई नेपाल राष्ट्र बैंकले लघुवित्तहरुबिचको मर्जर तथा प्राप्ति गर्ने गराउने नीतिलाई साथ दिंदै पोखरेल लघुवित्तको इतिहासमै पहिलो पटक चौतारीलाई अन्य कुनैमा या अरु कसैलाई चौतारीमा ल्याउने निर्णय गरेर लघुवित्तबीचको मर्जर थाल्नेमा समेत अव्वल ठहरिए। उनले  विद्यालय, हस्पिटल, मिडियालाई पनि सफल बनाएर छाडेका थिए। 

पोखरेल २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवार थिए। उपप्रमुख बन्ने उनको चाहना झिनो मतले पुरा हुन सकेन। तथापि त्यसयता पोखरेल एक सफल व्यवसायी बनेर बिजेता बन्न सफल भएका छन।  

नेपालमा साना साना पुंजीहरुलाई एकीकृत गरि उद्यम संचालन गर्ने र नेपाली युवाशक्तीलाई नेपाल विकास गर्न लगाउने योजना अन्तर्गत पोखरेलले लुम्बिनी भिजन नामक ‘मेगा प्रोजेक्ट’ मा जुटेका छन। 

कृषि, स्वास्थ्य विज्ञान, शैक्षिक, अर्थ वित्त, पर्यटन विकास, व्यापार व्यवसाय, जलविद्युत तथा उर्जा, सञ्चार, अध्ययन अनुसन्धान तथा जनसम्पर्क लगायतका ९ वटा विषयमा काम गर्ने लक्ष्य सहित २०७४ सालमा भिजन लुम्बिनी उर्जा कम्पनी स्थापना गरी लुम्बिनी क्षेत्रको कास्कीमा २५ मेगावाटमा हाइड्रोपावर निर्माणमा जुटेका छन् ।     

‘नेपालको पानी जनताको लगानी’ भन्ने सरकारको नारालाई सार्थक बनाउन भन्दै पोखरेल बुटवलका जनताको लगानी गरेर विद्युत् उत्पादन गर्न जुटेका हुन् । पोखरेलले हाइड्रोबाट आफु मात्र सम्पन्न बन्ने नभई धेरैभन्दा धेरै युवाको भविष्य समृद्ध बनाउने अभियानको रुपमा यसलाई अघि बढाएका छन। 

भिजन लुम्बिनीले बनाउन लागेका आयोजनमध्ये कास्कीको सेती नदी जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता समेत भइसकेको छ। करीब  पाच अर्ब रुपैया लागतको सो आयोजनाको झण्डै २ महिना अघि नेपाल विद्युत् प्राधिकरण र भिजन लुम्बिनी ऊर्जा कम्पनीबीच मंसिर ६ गते  विद्युत् खरीद सम्झौता भएको हो। 

वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा खरिद सम्झौता भएको योजना हो। परियोजनाले आगामी ३ वर्षभित्र विद्युत् उत्पादन गराएर छाड्ने पोखरेलको बिश्वास छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका–मा बन्न लागेको यस परियोजनामा बनाउन झण्डै ६ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ। जग्गा मुआब्जालागायतका काम सम्पन्न भई आयोजना निर्माणको चरणमा प्रवेश गरिसकेको छ। 

आयोजनालाई चाहिने स्थानीय बाटो, ग्रिड, टेक वोर पे, सबै तयार भईसकेको छ। त्यसमा पनि महत्त्वपूर्ण मानिने स्थानीय जनताहरु नै आयोजना प्रति धेरै सन्तुष्ट देखिएका छन।  

लगानी कास्कीको जनताको हुनेछ भने यसमा १ लाख २५ हजार रूपैयाँदेखि २ करोड रूपैयाँसम्म लगानी गर्न सकिनेछ। यो आयोजनाले लुम्बिनी भिजनमा आबद्द सदस्यहरुलाई समेत धनी बनाउने बिश्वास छ। आयोजनामा लागि १ हजार शेयर सदस्य बनाउने योजना साथ पोखरेल लागेका छन। हालसम्म बिभिन्न ६५ जिल्लाका ८ सय शेयर सदस्य भइसकेका छन भने लक्ष्यअनुसार अब २ सय शेयर सदस्य बनाउन बाँकी छ। 

सदस्यहरुबाटै पैसा उठाएर न्युनतम लागत र चौतारी लघुवित्तमा रहेका करिब ४० हजार सदस्य मध्ये कम्तिमा २५ हजार सदस्यबाट रकम संकलन गरेर आयोजना निर्माणलाई चाहिने पुंजी संकलन गर्ने लक्ष्य रहेको छ। आफ्ना सदस्यहरुबाट पुंजी संकलन नभएको अवस्थामा मात्रै बैकहरुबाट ऋण लिने योजना रहेको छ। इक्विटी उठाएर मात्र बैंकमा जाने योजना रहेको छ। सुरुमा सदस्यहरुबाट, त्यसपछि आयोजना प्रभावितबाट रकम संकलन गर्ने र त्यसपछि सर्वसाधारणमा १० प्रतिशत आइपीओ जारि गरेर पुंजी संकलन गर्ने लक्ष्य रहेको पोखरेलको भनाइ छ।   

भिजन लुम्बिनीको सदस्यका लागि न्यूनतम १ लाख २५ हजार रूपैयाँको शेयर पूँजी हाल्नुपर्छ। भिजन लुम्बिनी सदस्य बनेपछि मात्र भिजन लुम्बिनी हाइड्रोमा शेयर राखिने छ। हाइड्रोमा न्युनतम ५ लाखदेखि २ करोडसम्म लगानी गर्न सक्नेछन। भिजनले सबै क्षेत्रलाई जोडर प्राविधिक विश्वविद्यालय स्थापना गरेपछि भिजन लुम्बिनीको अवधारणा पूर्ण हुने पोखरेलको बिश्वास छ। ४ वर्षअघि स्थापित भिजन लुम्बिनी लिमिटेडमा पूँजी १० करोड रूपैयाँ भइसकेको छ ।

संस्थाले आगामी दिनमा बुटवलमा ट्रमा सेन्टर स्थापना गर्ने, कोष स्थापना गरी शिक्षा र स्वास्थ्यका लागि सहयोग गर्ने, प्रत्येक योजनालाई रिसर्च एन्ड डेभलपमेन्टका माध्यमबाट जोड्ने योजना बनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved