बजाजको बाइक किन्ने सोचमा हुनुहुन्छ ? यस्तो छ एक्सचेन्ज मेलाको स्किम (फिचर्स र मुल्य सहित)

दिलिप खड्का

दिलिप खड्का

May 10, 2019 | 02:19:50 PM मा प्रकाशित

laxmi  sunrise bank

मोटरसाइकल युवापुस्ताका लागि मात्र नभई आम सर्वसाधारणका लागि समेत आवश्यक्त साधन बनिसकेको छ। कुनै समय बिलासिताको रुपमा लिईने बाइक अहिले दैनिक जीवन तान्ने रथ बनेको छ। 

बजारमा बिभिन्न कम्पनीका थुप्रै मोडलहरु नेपालीको रोजाई बन्न पुगेको छ। त्यसमा पनि नेपालका लागि आधिकारी बिक्रेता रहेको गोल्छा अर्गनाइजेसनको बजाजका बाइकहरु निकै चर्चित छन। युवादेखि पाको उमेर समुहका लागि बजाजले धेरै मोडलका बाईक नेपाली बजारमा ल्याएको छ।  

लोकप्रियता घट्न नदिन र बजारमा आफ्नो पकड कायम राख्नलाई  बजाजले विभिन्न मोडल भित्र्याइरहेको छ। नेपाली बजाजका सर्वाधिक बिक्रि हुने र यसले ४५ प्रतिशत बजार हिस्सा ओगटेको कम्पनीका सेल्स म्यानेजर भुपेन्द्र खत्रीले जानकारी दिए।

बजाज कम्पनीका डिस्कभर, एभेन्जर, पल्सर, प्लाटिना, भी१२, भी१५, डोमिनार, लगायतका १७ वटा मोडेलका बाईक बिक्रि गरिरहेको छ।  जसमा पल्सरको मात्रै पल्सर २२०, पल्सर एनएस २००, पल्सर १८०, पल्सर एनएस १६० टिडि , पल्सर १५० टिडि र पल्सर १५० गरि ६ वटा मोडल बजारमा पाइन्छ।  

अफर 

बजाजले महंगोदेखि सस्तोसम्म, विभिन्न मोडलको उच्च गुणस्तरीय मोटरसाइकल भित्र्याउने हुँदा नेपालमा यसको लोकप्रियता बढेको कम्पनीको दाबी छ। अहिले बजाजले ‘बजाज उल्टो अफर' ल्याएको छ। मोटरसाइकल किन्नु भन्दा अगाडि नै स्क्रयाच कार्ड प्रदान गरिनेछ। जसमार्फत उनीहरुले सियोर सट डिस्काउन्ट थाहा पाउन सक्नेछन् । उनीहरुले बजाजको जुनसुकै मोटरसाइकलको खरिद पश्चिात फेरी छुट पाउने छन। 

उल्टो अफर योजना अन्तर्गत ग्राहकहरुले मोटरसाइकल किन्नु अगाडि नै एडभान्समै एक लाख रुपैयाँ सम्मको नगद जित्न सक्छन् साथै खरिद गरेपछि पनि एक लाख रुपैयाँसम्म नगद जित्न सक्छन् । ग्राहकहरुले बजाजको कुनै पनि आधिकारिक डिलरबाट मोटरसाइकल खरिद गरी यो योजनाको लाभ लिन सक्नेछन।

बजाजले ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै 'बजाज उल्टो अफर' चलिरहेकै बेला बैशाख २९ देखि जेठ ३ सम्मको लागि 'एक्सचेन्ज मेला' ल्याएको छ। जसमा 'बजाज उल्टो अफर' सहित हेल्मेट लगायतका तीनहजारसम्मको सामान निशुल्क रुपमा प्राप्त गर्नेछन।

पाठकलाई सवारी छनौट गर्न सहज होस भन्ने उदेश्यले बिजपाटी डटकमले बिभिन्न प्रकारका सवारीसाधनबारे जानकारी दिने प्रयास गरेको छ। यही प्रयास अन्तर्गत यस पटक बजाज कम्पनीका बिभिन्न मोडलका बाइकहरुबारे जानकारी प्रस्तुत गरेका छौँ।        

पल्सर २२० को बिशेषताहरु 

यसमा २२० सिसिको ४ स्ट्रोक एयर कुल्ड इन्जिन रहेको छ। सो इन्जिनले २१.०४ बिएचपि पावर तथा १९.१२ एनएम टर्क उत्पादन गर्छ । यसको अलवा बाइकमा डिस्क ब्रेक, ट्युबलेश टायरलगायतको बिशेषताहरु रहेको छ। यसको बजार मुल्य रु ३११९०० रहेको छ । 

पल्सर एनएस २०० को बिशेषताहरु

४ भल्भ २०० सिसिको ट्रिपल स्पार्क  लिक्विड कुल्ड इन्जिन रहेको छ । यसमा रहेको ट्रिपल स्पार्कले ५० प्रतिशत इग्निसन तिब्र गर्छ । सो इन्जिनले २३.५२ बिएचपि पावर तथा १८ एनएम टर्क उत्पादन गर्छ । यसको अलवा बाइकमा ट्युबलेश टायर, डिस्क ब्रेक , नाइट्रोक्श मोनो सक लगाएतका बिशेषताहरु रहेका छन । बाइकको बजार मुल्य रु ३१८९०० रहेको छ। 

पल्सर १८० को बिशेषताहरु

४ स्ट्रोक डिटिएसआइ ट्विन स्र्पाक एयर कुल्ड १८० सिसि को इन्जिन रहेको छ । सो इन्जिनले १७ बिएचपि पावर तथा १४ एनएम टर्क उत्पादन गर्छ । यसबाहेक डिजिटल सिडिआइ युनिट, डिजिटल स्पिडोमिटर कन्सोल, १२ भोल्ट डिसि हेडलाइट लगायतको बिशेषताहरु रहेका छन । 

पल्सर एनएस १६० टिडिको बिशेषताहरु

४ भल्भ आयल कुल्ड डिटिएसआइ १६० सिसिको इन्जिन रहेको छ । सो इन्जिनले १५.५ बिएचपि पावर तथा १४.६ एनएम टर्क उत्पादन गर्छ । यसबाहेक बाइकमा हेभि ड्युटि गेयर बक्स, हाइड्रोलिक फ्रन्ट डिस्क ब्रेक, ट्युबलेश टायर, डिसि हेडलाइन, १२ लि पेट्रोल क्षमता लगाएतको बिशेषताहरु रहेका छन । बाइकको बजार मुल्य रु २८६९०० रहेको छ । 

पल्सर १५० टिडिको बिशेषताहरु

४ स्ट्रोक २ भल्भ एयर कुल्ड ट्विन स्पार्क डिटिएसआइ १५० सिसि इन्जिन रहेको छ । सो इन्जिनले १४ बिएचपि पावर तथा १३.४ एनएम टर्क उत्पादन गर्छ । डिस्क ब्रेक, ट्युबलेश टायर, चलाउँदा आरामदायी महशुस हुने बिशेषताहरु १५० टिडिमा रहेका छन । रु २६२९०० बाइकको बजार मुल्य रहेको छ । 

पल्सर १५० को बिशेषताहरु

४ स्ट्रोक ट्विन स्पार्क डिटिएसआइ १५० सिसिको इन्जिन रहेको छ । सो इन्जिनले १५.६ बिएचपि पावर तथा १२.५ एनएम टर्क उत्पादन गर्छ । डिस्क ब्रेक , १३२० एमएम व्हिल बेश १२ भोल्ट डिसि हेडलाइट, ५ तहको नाइट्रक्स सक, अपराइट सिट लगायतको बिशेषता बाइकमा रहेको छ । बाइकको बजार मुल्य रु २५१९०० रहेको छ।

फाइनान्स सुबिधा  

बजाजले आफ्ना ग्राहकहरुलाइ फाइनान्स सुबिधा प्रदान गर्दै आएको छ। बजाजकै हुलास इन्भेस्टमेन्ट प्रालि मार्फत फाइनान्स सुबिधा प्रदान गरिरहेको छ । बजाजको कुनैपनि बाइक खरिद गर्दा बाइकको मुल्यको ५० प्रतिशत नगद तिरेमा १४ प्रतिशत र ४० प्रतिशत नगद तिरेमा १५ प्रतिशत ब्याजसहितको फाइनान्स प्रदान गरिरहेको छ। खरिद गर्ने बेलामा तुरुन्तै फाइनान्स सुबिधा प्रदान गर्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved