अनुसन्धान भन्छ, 'संस्था हाक्न 'लिडर' मा चाहिन्छ यी १० गुण'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 16, 2019 | 10:24:25 AM मा प्रकाशित

laxmi  sunrise bank

भनिन्छ, यदि तपाईसंग उत्कृष्ट प्रबन्धक वा समुह नेतृत्त्वकर्ता छ भने तपाइँले आफ्नो सहकर्मीबाट राम्रो कुरा मात्र पाउनुहुन्न बरु उनीहरुसंग निकट रहने सम्भावना सधैं उत्तिकै रहन्छ। 

उत्कृष्ट प्रबन्धक वा नेतृत्त्वकर्ता कुनै पनि समुह वा सँस्थाको लागि महत्त्वपूर्ण मानिन्छ। यहि भएर होला, गुगलले झन्डै १० बर्ष लगाएर कुशल र असल प्रबन्धकमा कस्तो गुण हुनुपर्छ भनेर एउटा अनुसन्धान गरेको छ। 

अध्ययनले प्रबन्धक वा नेतृत्त्वकर्तामा प्राबिधिक तथा शैक्षिक ज्ञान भन्दा भावनात्मक बुद्दिमता अत्यन्त आवश्यक रहेको देखाएको छ। कम्पनीले कर्मचारी भर्ना, क्षमता अभिवृद्धिको लागि जति मोटो रकम खर्च गरेपनि यदि नेतृत्त्वमा गलत व्यक्ति छ भने त्यस्तो अवस्थामा मानिसहरु कार्यालय छोड्न बढी रुची देखाउने गरेको अध्ययनले देखाएको छ।  

गुगलले गरेको यहि अध्ययन र त्यसको नतिजाको आधारमा मानवसंसाधनमा ठुलो उपलब्धि हासिल गरेको छ। त्यसैले पनि पछिल्लो बर्षमा गुगलमा कर्मचारीले काम छाड्ने, असन्तुष्ट हुने जस्ता कुरा अत्यन्त न्यून भेटिने गरेको छ। 

प्रबन्धक वा नेतृत्त्वकर्तामा हुनुपर्ने महत्त्वपूर्ण गुणहरु मध्ये केहि गुणहरु गुगलले सार्वजनिक गरेको छ। यसमा मुख्यकुरा कर्मचारीको भावना बुझ्न सक्ने व्यक्ति नै असल प्रबन्धक वा नेतृत्त्वकर्ता दरिएको छ। गुगलका अनुसार एक राम्रो नेतृत्त्वकर्तामा निम्न गुणहुनु अति आवश्यक छ।

असल कोच 

जसरि कुनै पनि खेलमा कोच राम्रो भएको अवस्थामा खेलाडीको मनोबल उच्च रहन्छ र खेलाडी उच्च मनोबलका साथ मैदानमा उत्रिन्छन र हरेक खेल आफ्नो पक्षमा राख्न सफल हुन्छन। त्यसै गरि संस्थामा पनि एक असल कोच भएको अवस्थामा समग्र टिममा सकारातमक प्रभाब पर्दछ। 

असल कोचले सधैं आफ्नो टिमलाई मार्ग दर्शन गर्छन र आवश्यक पर्दा काममा आइपरेको कठिनाई र उपलब्धिको अनुभव पनि बाँड्छन। यसले उनीहरुको टिमलाई मुल्यवान अनुभव प्राप्त गर्न र विकसित गर्नलाई अनुमति दिन्छ।  

टिमलाई बलियो बनाउछन तर संकुचन सोचले सबै काम आफै गर्दैनन 

धेरै संस्थामा सबै कर्मचारी आफु अन्तर्गत रहुन भनेर त्यहाँका प्रबन्धक, मालिक वा नेतृत्त्वकर्ताले धेरै काम आफ्नो हिस्सामा राख्छन र कर्मचारीलाई नियन्त्रण गर्ने प्रयास गर्छन। तर असल प्रबन्धकले सधै आफ्नो काम बांडफांड गर्छ र कामको कठिनाई र काममा आवश्यक पर्ने प्राविधिक ज्ञान र अनुभवबारे कुरा साट्छन। 

समावेशी टिममा बिश्वास गर्छन

असल प्रबन्धक संस्थामा सधैं समावेशी टिम बनाउन तत्ल्लिन रहन्छ र कामपनि त्यहि अनुसार बांडफांड गर्छन। कामको दौरान जोखिम मोल्न हिम्मत गर्छन जसले गर्दा अन्य सहकर्मीलाई समेत आवश्यक पर्दा जोखिम लिएर काम गर्नलाई प्रेरणा मिल्छ। 

खुलेर कामको बारेमा अनुभव साट्दा टिमका साथीहरु आफ्नो राम्रा कुरा मात्र नभई कमीकमजोरी पनि ढुक्कले साट्छन र नयाँ विचार प्रस्तुत गर्नलाई समेत त्यहाँका कर्मचारीलाई मार्ग प्रसस्त गर्छ। 

उत्पादन र परिणाममुखी 

असल प्रबन्धक संधैं उत्पादक र परिणाम मुखी हुन्छन। उनीहरु आफ्नो समुहमा स्टार तथा चर्चित खेलाडी भन्दा पनि बढी चर्चामा हुन्छन। उनीहरु सहि उदाहरण देखाएर आवश्यक पर्दा राम्रा र नराम्रा दुवै गुण देखाउछन। उनीहरु आफ्नो सर्टको बाहुँला खिचेर आवश्यक पर्दा आफ्ना टिमका साथीलाई सघाउन पछि समेत पर्दैनन्। यसले गर्दा टिमका साथीलाई काम गर्नलाई उत्साह प्रदान गर्छ।  

एक असल 'हुलाकी' हुन्छन 

संस्थामा कुशल र असल प्रबन्धक बन्नलाई उनीहरुमा संचार तथा सूचना आदान प्रदान गर्ने कला हुन्छ। यस्तो व्यक्ति आफ्ना साथीहरुको कुरा ध्यान दिएर सुन्छ भने साथीहरुमा उत्साह जगाउनलाई अनुभव पनि साट्ने काम गर्दछ।कुनै पनि कुरा राम्रा वा नराम्रा कुरा टिमको छलफल मै राख्ने बानि हुन्छ। यसले प्रबन्धकमा पारदर्शिता र स्पष्टता झल्काउँछ। 

करियरको विकासमा समर्थनको साथै चर्चा पनि गर्छन 

असल प्रबन्धकले आफ्ना साथीको करियरको चर्चा परिचर्चा गर्छन भने उनीहरुको करियरको विकासमा पनि समर्थन जनाउछन। यस्ता नेतृत्त्वकर्ता महत्त्वपूर्ण प्रतिकृया वा कहिलेकाहीं तितो प्रतिकृया राख्न समेत पछि पर्दैनन्। यसले टिमका साथीहरुलाई उनीहरुको लक्ष्य सम्म पुग्न मद्दत गर्दछ।   


प्रबन्धकमा हुनुपर्ने अन्य असल गुण 

-टिमको लागि स्पष्ट दृष्टिकोण राख्छन

-टिमका साथीहरुलाई सल्लाह दिन ढिलाई गर्दैनन्

-हौसला मिल्ने गरि सहयोगीको काम गर्छन 

-कठिन र बलियो निर्णय लिन पछि पर्दैनन्

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved