सिमेन्टको आन्तरिक बजार ‘प्याक’, निर्यात कति सहज ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 19, 2019 | 09:56:06 AM मा प्रकाशित

laxmi  sunrise bank

गत आर्थिक वर्ष २०७५/०७६ मा २ वटा सिमेन्ट कम्पनी दर्ता भएका छन् । दुवै कम्पनी गत वर्षको कार्तिक महिनामा दर्ता भएका हुन् । उनीहरुले आफ्नो उत्पादन भने बजारमा ल्याएका छैनन् । 

दुवै सिमेन्ट कम्पनी झापाबाट आफ्नो उत्पादन बजारमा पुर्याउने गरि दर्ता भएका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयमा उपलब्ध अभिलेख अनुसार झापाको विर्तामोड नगरपालिका वडा नम्बर २ को ठेगानामा साहारा सिमेन्ट र झापाकै हल्दिवारी गाउँपालिका २ को ठेगानामा काबेली सिमेन्ट दर्ता भएको छ । 

परीक्षण उत्पादन समेत नगरेका यी दुई प्राइभेट कम्पनीले उत्पादन कहिले गर्छन् भन्नेबारे केही बोलेका छैनन् । अहिले दर्ता गरेर राख्ने र केही वर्षमा उत्पादन गर्ने गरि तयारीमा रहेको हुनसक्ने सिमेन्ट व्यवसायीहरुको बुझाई छ ।  

‘लाइसेन्स लिन त पायो नि, पछि उत्पादन गर्यो भने बेच्छ नगरे लाइसेन्स खारेज हुन्छ’ कम्पनी रजिष्ट्रारका एक अधिकारीले भने । नविकरण गर्दै राख्न पनि पाउने उनको भनाई छ । कम्पनी दर्ताको प्रक्रिया अनुसार दर्ता मात्रै भएका कारण कति लगानी थपिँदैछ भन्नेबारे भने कतै खुलेको छैन । कसले र कति लागतमा उद्योग सञ्चालनमा ल्याउने गरि दर्ता गरेको हो भन्नेबारे कम्पनी रजिष्ट्रारको कार्यालयले सूचना दिन नमिल्ने बताएको छ ।

नयाँ उद्योगलाई बजार छ कि छैन ?

सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा भने सरकारले गतवर्षको नारामा सिमेन्टलाई प्रोत्साहन गरिने भनेका कारण दर्ताको क्रम बढेको बताउँछन् । ‘पोहोर पनि प्रोत्साहन भन्या थ्यो, यसवर्ष त झन नीति कार्यक्रममै सिमेन्टलाई निर्यात योग्य बस्तु बनाउने भनियो’,उनले भने, ‘तर बजेटले देखाईदियो ।’

सरकारको विकास खर्चको आधा खर्च हुने जेठ र असारमा समेत सिमेन्टको कहाँलिलाग्दो बजार रहेको भन्दै उनले उद्योग आउनु सकारात्मक भएपनि सरकारले उद्योगमैत्री नीति अङिगकार नगर्दा समस्या परेको बताए । नेपाल सिमेन्टमा आत्मनिर्भर भईसकेको दाबी गर्दै अध्यक्ष थापाले अब आउने उद्योगले नेपाल बाहिरको बजार खोजेर मात्रै आउनुपर्ने सुझाव दिए । 

उत्पादनको लागत कम पर्ने गरि सरकारी निकायबीच समन्वय भए सिमेन्ट निर्यात गर्न सकिने उनको भनाई छ । स्थानीय तह, प्रदेश सरकार, बन मन्त्रालय, सडक विभाग, उद्योग मन्त्रालय र अरु सम्बन्धित निकायबीच समन्वयको अभाव हुँदा उद्योगीको लागत धेरै पर्न जाने र सिमेन्ट महङ्गो हुने भएकाले नागरिक नै मारमा पर्नुपरेको थापाले बताए । ढुवानी खर्च कम हुने वित्तिक्कै सिमेन्ट सस्तो हुने र निर्यात गर्न समेत नेपाली सिमेन्ट प्रतिस्पर्धी बन्ने उनको अपेक्षा छ । 

नेपालमा अहिले ६१ वटा सिमेन्ट कम्पनीले उत्पादन बजारमा पुर्याइरहेका छन् । नेपालमा सामान्यतया ओपिसी, पीपीसी र पीएससी गरि तिन प्रकारका सिमेन्ट उत्पादन हुन्छन् । अहिले नेपालको वार्षिक सिमेन्ट उत्पादन क्षमता करिब १४० लाख टन छ । तर बजारमा खपत भने १ लाख टनको हाराहारीमा मात्रै छ ।

उत्पादन थालेका केही नयाँ उद्योगले भने ‘मार्केटिङ’मा निकै ठूलो खर्च गरेका छन् । गत आर्थिक वर्षको मध्यबाट उत्पादन थालेको रिद्धिसिद्धी सिमेन्टले बजारमा प्रभाव जमाउन ‘रोबर्ट’बाट ल्याव टेष्टको व्यवस्था गरेको छ । 

पूराना सिमेन्ट उद्योगीहरुले बजारमा प्रभाव जमाउन केही नयाँपन चाहिने बताउने गरेका छन् भने केही उद्योगी भने सिमेन्ट निर्यातको थालनी नभएसम्म नयाँ उद्योग आउनु फलदायी नहुने बताउँछन् । भारतमा नेपाली सिमेन्ट निर्यातको बहस चलिरहेको छ । यस बीचमा दर्ता भएर बसेका उद्योगलाई निर्यातको ‘एक्सन’ सुरु भएपछि मात्रै उत्पादन थाल्न चलिरहेका सिमेन्ट उद्योगका सञ्चालकले सुझाव दिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved