बैंकर्स संघपछि ब्याजदर बारे फाइनान्स कम्पनीहरुको संघले गर्यो यस्तो निर्णय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 05, 2018 | 02:40:48 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकर्स संघले मंगलबार ब्याजदर बारे नयाँ निर्णय गरेपछि फाइनान्स कम्पनीहरुको संघ (नेपाल बित्त कम्पनी संघ) ले बुधबार यस बिषयमा छलफल गरेको छ । संघको बुधबार बसेको बैठकले व्याजदर बढाउने वा नबढाउने भन्ने बिषयमा छलफल गरेको हो 

छलफलपछि तत्कालको लागि ब्याजदर नबढाई पुरानै दरलाई कायम राख्ने निर्णय गरिएको संघका अध्यक्ष सरोजकाजि तुलाधरले जानकारी दिए । उनका अनुसार अर्को निर्णय नभएसम्मको लागि मुद्दतीमा हाल कायम रहेकै १२ प्रतिशत ब्याज दिने निर्णय भएको हो । प्रकाशित ब्याजमा थप आधाप्रतिशतसम्म ब्याजदर बढी दिन सकिने भएकोले कम्पनीहरुले १२.५० प्रतिशत सम्म ब्याज दिन सक्ने छन्। चल्ती खातामा भने कम्पनीहरुले यस अघि नै आफुखुसि निर्धारण गर्दै आएका छन् । 

यस अघि मंगलबार बैंकर्स संघले व्यक्तिगत मुद्दती खातामा तोकिएको सिलिंङ हटाउदै  बैंक  आफैले ब्याजदर निर्धारण गर्न सक्ने बाटो खुला गरिदिएको थियो ।   सो संगै जनता बैंकले १२ प्रतिशत र माछापुच्छ्रे बैंकले १२.५० प्रतिशत ब्याजदर सार्बजनिक गरेका छन् । 

यो  पनि : 

बैंकहरुबीच ब्याजदर बढाउने प्रतिस्पर्धा सुरु, साढे १२ प्रतिशतसम्म पुग्यो



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved