आरम्भले दियो रामेछापको माझी गाउँमा वित्तीय साक्षरता तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2019 | 02:08:26 PM मा प्रकाशित

laxmi  sunrise bank

आरम्भ माइक्रोफाइनान्सले वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । रामेछाप जिल्लाको खाँडादेवी ४ पुच्छरेघाटको माझी गाउँमा रहेका संस्थाको २३ जना ग्राहक सदस्यहरुको सहभागितामा तालिम सम्पन्न गरेको हो ।

जेष्ठ १५ गते भएको तालिममा सहभागिहरुलाइ अनुगमन विभाग प्रमुख विश्व राज श्रेष्ठ, खुर्कोट शाखाकी शाखा प्रमुख सुधा श्रेष्ठ र मन्थली शाखाका शाखा प्रमुख बैकुण्ठ लुँइटेलले प्रशिक्षण दिएका थिए । तालिममा सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्यको बारेमा संस्थाको खुर्कोट शाखाकी शाखा प्रमुख सुधा श्रेष्ठले बताइन् ।

संस्थाले विगत चार वर्षदेखि देशका पूर्वि पहाडि जिल्लामा रहेको आफ्नो कार्य क्षेत्रका ग्रामीण विपन्न परिवारलाई लक्षित गरी लघुवित्त सेवा प्रदान गर्दै आई रहेको छ । संस्थाले आफ्नो १५ जिल्लाहरुका २० वटै शाखा बाट लघुवित्त सेवा प्रदान गर्दै आई रहेको छ । साथै सबै कार्यालयहरुमा वित्तीय साक्षरता तालिम संचालन गर्ने लक्ष्य राखेको छ ।

संस्थाले २०७६ बैशाख मसान्तसम्ममा १४,६७५ विपन्न घरधुरीहरुमा सेवा विस्तार गरेको छ । यस वित्तीय संस्थाको २०७६ बैशाख मसान्तमा लगानीमा रहेको कर्जा रु ४७ करोड ४४ लाख ६९ हजार ४७७ रहेको छ भने ग्राहक सदस्यहरुको बचत रु १४ करोड ८६ लाख ९१६ बचत परिचालन गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved