साउदी जाने कामदारको तलब यही महिनाबाट बढ्ने

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 24, 2018 | 02:33:35 PM मा प्रकाशित

laxmi  sunrise bank

साउदी अरेबिया जाने नेपाली कामदारको तलब यही महिनाबाट बढ्ने भएको छ । सरकारले करिब ६ बर्ष पछि साउदी जाने कामदारको न्यूनतम ज्यालामा पुनरावलोकान गरेको हो । 

श्रम तथा रोजगार मन्त्रालयले पेश गरेको साउदी जाने कामदारको न्यूनतम पारिश्रमिकको प्रस्तावलाई मन्त्रिपरिषदको बैठकले भदौ ३१ गते स्वीकृत गरेको हो । सरकारले स्वीकृत गरेको सो प्रस्ताव राजपत्रमा प्रकाशित भएको मितिदेखि बढेको तलबमा साउदीका लागी मागपत्र प्रमाणीत हुनेछ । 

राजपत्रमा प्रकाशित गर्ने तयारी अन्तिम चरणमा रहेको मन्त्रालयले जनाएको छ । ‘केहि दिनभित्र राजपत्रमा छापिन्छ, त्यसपछि यही महिनाबाट साउदी जाने कामदारको तलब सुविधा बढ्नेछ’ मन्त्रालयका एक अधिकारीले भने । 

सरकारले तोके अनुरुप साउदी जाने नेपालीहरुले न्यूनतम ज्याला १ हजार रियाल र खाना भत्ता ३०० रियालदेखि अधिकतम ज्याला ११ सय रियाल र खाना भत्ता ५०० सय रियाल पाउनेछन् । यस अघि साउदी जाने नेपालीहरुले न्यूनतम ८ सय ज्याला र २ सय खाना भत्ता पाउँदै आएका थिए । सरकारको यो निर्णयले नेपालबाट रोजगारीको लागी साउदी जाने अदक्ष कामदारहरु अझ बढी लाभान्वित हुने विश्वास लिईएको छ । 

अक्टोबरबाट साउदी जाने कामदारको लागी यो व्यवस्था गर्न लागिएको हो । नेपाली कामदार लैजान चाहाने साउदीको कम्पनीले कामदार माग गर्दा नै न्यूनतम तलबभन्दा कम गरेमा उसको मागदारको माग स्वीकृति हुनेछैन । साउदी नेपाली कामदारको प्रमुख गन्तव्य मुलुक हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved