शाखा अधिकृत सहित २५ बिरुद्द भ्रष्टाचार मुद्दा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 26, 2018 | 03:01:45 PM मा प्रकाशित

laxmi  sunrise bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैदेशिक रोजगार बिभागका २५ कर्मचारी बिरुद्द भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । आयोगले बिभागको ताहाचल कार्यालय मा कार्यरत ६ शाखा अधिकृत सहित २५ कर्मचारी बिरुद्द शुक्रबार बिशेष अदालतमा भ्रष्ट्राचार मुद्दा दायर गरेको आयोगका सहायक प्रबक्ता मदन कोइरालाले जानकारी दिए ।

आयोगले शाखा अधिकृत हरिप्रसाद देवकोटा¸ शाखा अधिकृत दीपककुमार आचार्य¸ शाखा अधिकृत गणेश विक्रम शाह¸ शाखा अधिकृत दिनेश कुमार राई¸ शाखा अधिकृत पवित्रा श्रेष्ठ र शाखा अधिकृत रामप्रसाद ओली¸ नायव सुव्बा अमरराज जोशी¸ नायव सुव्बा विष्णुहरी निरौला¸ नायव सुव्बा दिलबहादुर खत्री¸ नायव सुव्बा हेमराज पाण्डे¸ नायव सुव्बा कर्णबहादुर नेपाली¸ नायव सुव्बा केदार घिमिरे¸ नायव सुव्बा मदन गिरी¸ नायव सुव्बा खगेन्द्र पोखरेल¸ नायव सुव्बा लक्ष्मीदेवी भूषाल¸ नायव सुव्बा नगेन्द्रप्रसाद गौतम¸ नायव सुव्बा रविन्द्र घिमिरे¸ नायव सुव्बा रघुनाथ के.सी.¸ नायव सुव्बा योगेन्द्र खत्री¸ टा.नायव सुव्बा केशवराज ढुंगाना र कम्प्युटर अपरेटर अमर महरा¸ कम्प्युटर अपरेटर चक्रबहादुर पराजुली¸ कम्प्युटर अपरेटर डम्वर बहादुर विश्वकर्मा¸ कम्प्युटर अपरेटर धनवीरसिंह भाट¸ कम्प्युटर अपरेटर राजकुमार शाही बिरुद्द मुद्दा दायर गरेको हो ।

उनीहरुमाथि श्रम स्वीकृति प्रदान गर्दा अनियमितता गरेको आरोप लागेको छ  । उनीहरु माथि १८४ महिलाहरुलाई गलत कागजातका आधारमा श्रम स्वीकृति प्रदान गरी सरकारी निकायमा गलत लगत खडा गरेको , प्रचलित कानूनले स्पष्ट रुपमा तोकिए विपरित हुने गरी भिसा नभएका व्यक्तिहरुलाई गलत कागजातहरुमा श्रम स्विकृती प्रदान गरेको, व्यक्तिगत स्वार्थ र अनुचित लाभका लागि वदनियतसाथ गलत मनसायले गलत विवरण उल्लेख गरेको, श्रम स्वीकृति लिइ जाने श्रमिकहरुको गन्तव्य मुलुकलाई भिसा लगायतका गलत कागजातहरुले अनिश्चित बनाएको, भिसामा उल्लेख पेशा समेत फरक पारी असुरक्षाको जोखिममा पुर्यााएको, शारीरिक तथा मानसिक यातना लगायत आर्थिक नोक्सानी पुग्ने गरी गलत तथा भिसा नभएका अर्थात भिसा बहाल अवधि समाप्त भएको एवं रद्द भैसकेका भिसाहरुमा श्रम स्वीकृति दिएको, राज्यको आधिकारिक निकायमा समेत गलत लगत खडा भ्रष्ट्राचार गरेको आरोप लागेको छ ।

यस कार्यमा सहयोगीको भूमिकामा रहेका राजिवकुमार पञ्जियार र विकास थापा विरूद पनि भ्रष्ट्राचार मुद्दा दायर गरेको छ ।आयोगके उजुरीका आधारमा २५ अगष्ट २०१७ देखि २५ अक्टोवर २०१७ सम्म श्रम स्विकृती प्रदान गरे गराएका विवरणहरु लगायतका कागजात अध्ययन गर्दा यस्तो खुल्न आएको बताएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved