मंगलबार घट्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2020 | 11:03:49 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार तोलाको ९१ हजारमा कारोबार भएको छापावाला सुनको भाउ ४०० रुपैयाँले घटेर आज ९० हजार ६०० रुपैयाँमा आईपुगेको हो ।

तेजावी सुन पनि आज तोलामा ४०० रुपैयाँले नै घटेर ९० हजार १६० रुपैयाँमा आईपुगेको छ । त्यस्तै चाँदीको भाउ पनि आज तोलामा १० रुपैँया घटेर ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ६७५  रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७७ हजार ३०० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ८०६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved