सुनको भाउ घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2020 | 10:43:57 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन शुक्रबार सुन चाँदीको भाउ घटेको छ । बिहिबार तोलाको ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा एकैपटक ७ सय रुपैयाँले घटेको हो । 

आज छापावाला सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेर ९६ हजार ९ सय रुपैयाँमा आईपुगेको छ । तेजावी सुन पनि आज तोलामा ७ सय रुपैयाँले नै घटेर ९६ हजार ४ सयमा झरेको छ । चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ४० रुपैयाँमा किनबेच भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८३ हजार ८५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८२ हजार ६४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ४९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved