वरिष्ट सर्जन ड़ा उपेन्द्र देवकोटाको स्वास्थ्यबारे हिजो रातिदेखि नै सामाजिक सञ्जाल तथा केहि संचार माध्यममा हल्लाहरु चलिरहंदा उनलाई बिहान केहीबेर अस्पताल परिसर बाहिर घाममा निकालिएको छ।
स्वास्थ्यमा सामान्य सुधार देखिएपछि गएराति भेन्टिलेटरबाट निकालिएका उनलाई आज बिहानको कलिलो घाममा राख्न उपचारकक्षबाट बाहिर ल्याइएको थियो। त्यसक्रममा थुप्रै शुभेच्छुकले टाढैबाट श्रद्धा व्यक्त गर्दै डा. देवकाेटालार्इ स्वास्थ्यकाे कामना गरेका छन।
स्वास्थ्यमा सामान्य सुधार देखिएपछि गएराति भेन्टिलेटरबाट निकालिएका उनलार्इ अाज बिहान घाममा राख्न उपचारकक्षबाट बाहिर ल्याइएकाे थियाे । ह्विल चेयरमा रहेका उनलाई अक्सिजनसहित बाहिर निकालिएको थियो।
ह्विल चेयरमा रहेका देबकोटालाई उनकी पत्नी डा. मधु देवकोटा दिक्षित र अन्य स्वास्थ्यकर्मीले उनलाई केहीबेर बाहिर घुमाएर भित्र लगेका थिए। उनलाई श्रद्धा व्यक्त गर्न पुगेकाहरुलाई भने फोटो खिच्न अस्पतालले रोक लगाएको थियो।
पित्तथैलीको क्यान्सरबाट गम्भीर विरामी परेका ड़ा देवकोटाको स्वास्थ्यका बारेमा गएराति देखि नै गरिएका टिकाटिप्पणी सत्य नभएको उनको परिवार र अस्पतालले स्पष्ट पारेका छन्। बिहान एक प्रेस नोट जारि गर्दै अस्पतालबाट जारि गरिने आधिकारिक सूचनालाई मात्र बिश्वास गर्न आग्रह गरेका छन।