भारतद्वारा नेपालमाथिको औषधि तथा कच्चा पदार्थको प्रतिबन्ध सशर्त फुकुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2020 | 10:26:49 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतले कोरोना भाइरससँग सम्बन्धित औषधिको निर्यात फुकुवा गरेको छ। भारतमा कोरोना सक्रमित देखिएपछि नेपालमा निर्यात गर्दै आइरहेको विभिन्न २६ प्रकारका औषधि र यसका कच्चा पदार्थमाथि रोक लगाएको थियो। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा परराष्ट्र मन्त्रालयका सम्वद्ध अधिकारी र भारतीय अधिकारीवीच भएको कूटनीतिक पहलपछि भारतले औषधिको निर्यात ससर्त फुकुवा गरेको हो। 

औषधि र त्यसको कच्चा पदार्थ आयात गर्दा नेपालको आयातकर्ताले अनुमतिपत्र सहितको रेकर्ड कायम गर्नुपर्ने सर्तमा भारत औषधि निर्यात गर्न  सहमत भएको हो।

भारतले विभिन्न २६ प्रकारका औषधि र यसका कच्चा पदार्थ निर्यातमा प्रतिबन्ध गर्ने निर्णय गरेपछि नेपालको औषधि बजारमा त्यसले धेरै चर्चा पाएको थियो। यद्दपी  औषधि आयातकर्ता संघ, उत्पादक संघ र औषधि थोक व्यवसायी संघ र औषधि व्यवस्था विभाग लगायतले भारतले औषधिमा गरेको प्रतिबन्धले नेपाल आत्तिनु नपर्ने भन्दै नेपालका सर्वसाधारणलाई आस्वस्थ बनाएका थिए।  

सरोकारवालाले आश्वस्त् बनाएपनि कोरोना भाइरसको सक्रमण देखिएपछि अत्यावश्यक पर्ने औषधि बजारमा पाउन कठिन भएको थियो।  मास्क र सेनीटाईजरझैं गोदाममा थुपारेर बढी मुल्यमा बिक्रि गर्ने गरेको जस्तै यी २६ प्रकारका औषधिमा पनि कालोबजारीको प्रवृति देखिएको थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved