अझै संचालनमा आएन नारायणी अस्पतालमा रहेको कोरोना परीक्षण गर्ने पीसीआर मेसिन

राकेश यादव

राकेश यादव

Apr 24, 2020 | 02:34:15 PM मा प्रकाशित

laxmi  sunrise bank

संघीय सरकारले नारायणी उप क्षेत्रिय अस्पतालमा पठाएको कोरोना भाइरस परीक्षण पीसीआर मेसिन अझै संचालनमा आउँन सकेको छैन । प्रदेश र संघीय सरकारको उदासीनताका कारण अहिले सम्म थन्किएर बसेको हो ।

वीरगन्जको नारायणी अस्पताललाई संघीय सरकारले कोभिड १९ अस्पताल घोषणा गरिसकेको थियो । घोषणापछि नारायणी अस्पतालमा कोरोनाको परीक्षण र उपचार बाहेकका अरु सबै सेवा बन्द गरि त्यहाँ रहेका बिरामीलाई नेशनल मेडिकल कलेजमा सारिएको थियो । वीरगन्जमा चैत ३० गते ३ जना संक्रमित भेटिएकै दिन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि नारायणी अस्पतालमा गत मङगलबारदेखि नै पीसीआर परीक्षण सेवा सुरु हुने बताएका थिए । तर, पीसीआर मेसिन संचालनका लागि आवश्यक अन्य उपकरण र सामग्री सरकारले नपठाएका कारण मेसिन अस्पतालको गोदाम भित्र थन्किएको छ ।

प्रदेश सरकारको पहलमा संघीय सरकारले काठमाडौं राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प्रयोगमा रहेको पीसीआर मेसिन वीरगन्जको नारायणी अस्पतालमा पठाइको थियो । पीसीआर मेसिन मात्रै आएको तर उक्त मेसिन संचालनका लागि आवश्यक अन्य थुप्रै उपकरण र सामान नभएका कारण मेसिन जडान गरि कोबिड १९ परिक्षण ल्याब सन्चालनमा ल्याउन नसकिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले बताए ।

’पीसीआर मेसिन मात्रै आयो, तर पीसीआर जडान गरी संचालनका लागि अरु पनि थुप्रै उपकरण र औजार चाहिने रहेछ , ती सामान अहिलेसम्म नआएकोल बताए । मेसिन लिएर आएका विज्ञ र प्राविधिकले अझै करिब डेढ दुई करोड जतिको उपकरण र सामान चाहिने मेसु उपाध्यायले बताए । उनका अनुसार पीसीआर मेसिन संचालनका लागि बायो सेफ्टी क्याविनेट, सेन्ट्रीफयुग मेसिन, भोटेक्स मेसिन, पिपेटसेट, केमिकल राख्ने डिफ्रिज लगायतका उपकरण आवश्यक पर्छ । पीसीआर परीक्षणका लागि बायोसेफ्टी क्याविनेट मात्रै ३ वटा चाहिने भन्दै उनले भने, ’यो सामान त नेपालमा बन्दैन, बाहिरको देशबाटै ल्याउनुपर्ने बताए ।

पीसीआर ल्याब संचालनका लागि आवश्यक अन्य उपकरण र सामानका लागि केन्द्र र प्रदेश सरकारले पहल गरिरहेको उनले बताए । आवश्यक सबै उपकरण सामान आइ सकेपछि पनि अरु सबै व्यवस्थापन गरेर ल्याब संचालन गर्न कम्तीमा पनि ४÷५ दिन लाग्ने उनले बताए । उपाध्यायले भने, ’तर कहिलेसम्म ती सबै सामान आउँछ यो ठोकुवा गरेर भन्न सक्ने अवस्थामा छैन ।सामान आएको खण्डमा २४ सै घण्टा खटेर पनि जति सक्दो छिटटो कोभिड १९ परीक्षण ल्याब संचालनमा ल्याउने उनले बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved