नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उद्योगहरुमा दैनिक १६ घण्टासम्म लोडसेडिङ्ग हुने गरेको गुनासो गरेका छन् । परिसंघको २१ औं वार्षिक साधारणसभामा अध्यक्ष अग्रवालले उद्योगहरुमा अघोषित रुपमा दैनिक १६ घण्टासम्म लोडसेडिङ भइरहेको र यसले उद्योगीहरु मर्माहत भएको गुनासो गरेका हुन् ।
धेरै विद्युत खपत गर्ने उद्योगमा नै दैनिक १६ घण्टासम्म लोडसेडिङ्ग गराउने काम भइरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘एकातिर विद्युतको खपत बढाउँछु भन्ने, अर्कोतिर धेरै विद्युत खपत गर्ने उद्योगहरुमै अघोषित रुपमा १६ घण्टासम्म लोडसेडिङ गर्ने ? सरकारको यो कस्तो नीति हो ?’ उनले प्रश्न गरे ।