‘बेलायतमा आतङ्कवादको खतरा घट्दो क्रममा’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 18, 2017 | 06:45:46 AM मा प्रकाशित

laxmi  sunrise bank

लण्डन । दुई दिन पहिले लण्डनमा एक भूमिगत रेलमा आक्रमण गरी ३० जना घाइते भएपनि संयुक्त अधिराज्यले आइतबार आफ्नो देशमा आतङ्कवादी खतरामा कमी आएको जनाएको छ । 

बेलायती गृहमन्त्री अम्बर रुदले बेलायतमा आतङ्कवादीहरूले एकाध घटना गराएपनि समग्रमा यहाँको सुरक्षास्थिति मजबुत रहेको बताए  । 

उनले भने , “संयुक्त अधिराज्यमा आतङ्कवादीबाट रहेको खतराको तह ‘सङ्कटग्रस्त’ अवस्थाबाट केही सुधार भई ‘गम्भीर’ अवस्थामा आएको छ ।” 

बेलायतले लण्डनको भूमिगत रेलमा भएको घटनामा सम्लग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएपछि उक्त भनाई बाहिर ल्याएको हो । प्रहरीले सम्लग्न भएको आरोपमा अन्य केही जनाको खोजी गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved