विमान दुर्घटनामा १३ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2019 | 07:30:42 PM मा प्रकाशित

laxmi  sunrise bank

बिगत ११ दिनदेखि हराईरहेको भारतीय वायु सेवाको सम्पर्कबिहिन विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । जेठ २० देखि   हराएको विमान आज बिहिबार दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । दुर्घटनामा विमानमा सवार सबै १३ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् । 

यस अघि गत मंगलबार विमानको केहि भग्नावशेष फेला परेको थियो । भारतको अरुनांचल प्रदेशको लिपो भन्ने स्थानबाट १६ किलोमिटर उत्तरमा भग्नावशेष फेला परेको थियो ।  

भारतीय वायु सेवा निगमको जहाज गत हप्ताको सोमबार दिउँसो १ बजेदेखि सम्पर्क बिहिन भएको थियो  । भारतको उत्तर पूर्वी राज्य असामबाट उडेको उक्त विमान भारतीय समय अनुसार १ बजेदेखि सम्पर्कबिहिन भएको हो । उडेको आधा घण्टा मै विमान हराएको थियो  । विमान हराएपछि सेनाले खोजिकार्यलाई तिब्रता दिएको थियो ।  अत्याधुनिक हेलिकप्टर र जहाजलाई खिजो कार्यमा लगाईएको थियो ।   विमानमा ८ जना चालक दलका सदस्य ५ जना सैनिक थिए ।  ति सबैको मृत्यु भएको हो ।

जुलाई २०१६ मा पनि भारतीय सेना कै एक विमान बेपत्ता भएको थियो  ।  २९ जना सवार उक्त विमान हालसम्म पनि फेला परेको छैन  । सो विमान समुद्रमा खसेको र सबैको मृत्यु भएको आशंका गरिएको थियो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved