राजद्रोहको मुद्दा लाग्नेभएपछि कन्हैया कुमारले भने, ‘गम्भीरतापूर्वक लिइयोस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 29, 2020 | 09:01:30 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय कम्युनिष्ट पार्टी (सीपीआई) का युवा नेता कन्हैया कुमारले आफूविरुद्ध राजद्रोहको मुद्दा चलाउन अनुमति दिने दिल्ली सरकारलाई धन्यवाद दिएका छन् । ‘सत्यको जित हुन्छ’ भन्दै उनले दिल्ली सरकारलाई मुद्दा चलाउने अनुमति दिएकोमा धन्यवाद दिँदै मुद्दालाई गम्भीरतापूर्वक लिन र फास्टट्र्याकबाट सुल्झाउन आग्रह गरेका छन् ।

अरविन्द केजरीवाल नेतृत्वको दिल्ली सरकारले शुक्रबार कन्हैया कुमारसहित १० जनाविरुद्ध राजद्रोहको मुद्दा चलाउन हनुमति प्रदान गरेको थियो । दिल्ली प्रहरीको आरोप पत्रमा कन्हैया कुमारसँगै जवाहरलाल नेहरु विश्वविद्यालय जेएनयू विद्यार्थी संघका नेता शैहला रशीदसहित ३६ जनाको नाम छ । 

सन् २०१६ फेब्रुअरी ९ मा जवाहरलाल नेहरु विश्वविद्यालयमा अज्ञात व्यक्तिले भारतीय संसदमा हमलाका दोषी अफजल गुरुलाई मृत्युदण्डको सजायँ दिइएको विरोधमा प्रदर्शन भएको थियो । प्रदर्शनको क्रममा केही युवाले भारतविरोधी नारा लगाएको र त्यतिबेला जेएनयूको विद्यार्थी संघको अध्यक्ष रहेका कन्हैया कुमारले उक्त प्रदर्शनलाई सम्बोधन गरेको भन्दै उनीविरुद्द मुद्दा चल्ने भएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved