अफगानिस्तानमा आत्मघाती बम हमला: २४ को मृत्यु, ४२ घाइते

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 24, 2017 | 01:12:41 PM मा प्रकाशित

laxmi  sunrise bank

अफगानिस्तानको राजधानी काबुलमा गरिएको एक आत्मघाती बम हमलामा कम्तीमा २४ जना मारिएको र ४२ जना घाइते भएको अधिकारीहरुले बताएका छन्। अफगानिस्तानका एक अधिकारीले बीबीसीलाई बताएअनुसार आक्रमणकारीले खानी मन्त्रालयका कर्मचारी बोकेको बस नजिकै आफ्नो कारमा बम विस्फोट गराएका थिए।

आक्रमण राजधानी काबुलको पश्चिम भागमा गरिएको थियो। आक्रमणकारीले कर्मचारी बोकेको बसलाई नै निशाना बनाउन खोजेका थिए वा थिएनन् भन्ने प्रष्ट भइसकेको छैन। विद्रोही समूह तालेबानले आक्रमणको जिम्मेवारी लिएको बिबिसीले जनाएको छ।

पश्चिमी काबुलमा हजारा समूहका नेता मोहमद मोहकिक लगायतका प्रभावशाली नेताहरु बसोबास गर्दछन्।अधिकारीहरुले हताहत हुनेको संख्या अझै बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन्। काबुलमा यस वर्ष तालेबान वा तथाकथित इस्लामिक स्टेट संलग्न रहेका कैयौं घातक आक्रमणहरु भइसकेका छन्। 

संयुक्त राष्ट्रसंघका अनुसार अफगानिस्तानमा सन् २०१७ जेनु्अरीदेखि जुनसम्ममा १,६६२ गैरसैनिक व्यक्तिहरुको ज्यान गइसकेको छ। ती मध्ये २० प्रतिशत राजधानी काबुलका थिए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved