18 Jun, 2018 | ४ असार २०७५ | सोमवार




Bizpati Reporter

Follow us on

'उपयुक्त निर्माण विधि अवलम्बन गरे भूकम्प थेग्ने घर बनाउन सकिन्छ'

Posted on:December 13, 2016

citizen bank

भूकम्पीय जोखिमका दृष्टिकोणले नेपाल उच्च जोखिममा रहेको बैज्ञानिकहरुले बताउदै आइरहेका छन। यहाँको भौगर्भिक बनोटका कारणले गर्दा यो क्षेत्र भूकम्पीय दृष्टिले उच्च संवेदनशील क्षेत्र मानिन्छ। 


 
यो क्षेत्रमा ठुला ठुला धक्का आउने कुरा निश्चित हो तर भूकम्प कति बेला आउँछ भनेर भन्न  सकिदैन। भूकम्प टारेर टार्न नसकिने र पुर्व भविष्यबाणी गर्न नसकिने खालको प्रकोप घटना हो। 
 
भनिन्छ भूकम्प आफैले कसैलाई मार्दैन। भूकम्पमा हुने मानवीय हताहतीको मुख्य कारण मानव निर्मित संरचना नै हुन्। भूकम्पबाट कसरी बच्ने र संरचना निर्माणमा के कस्तो सजगता अपनाउनु पर्ला भनेर हामीले भूकम्प प्रविधि राष्ट्रिय समाज ( नेपालका एड्भोकेसी म्यानेजर खड्ग सेन ओलीलाई सोधेका थियौ। प्रस्तुत छ इञ्जिनियर ओलीसँग गरिएको कुराकानीको सम्पादित अंश:
  
नेपाललाई किन भूकम्पीय उच्च जोखिमयुक्त क्षेत्र मानिएको हो ?  
पहिलो त यो क्षेत्र जमिनमुनिको अवस्था अर्थात भौगर्भिक अवस्थितिको कारणले पटक पटक ठूलासाना भूकम्प गइरहने सम्भावना भएको क्षेत्रको रूपमा रहेको छ। बर्मादेखि अफगानिस्तानसम्मको समग्र हिमालय पर्वत श्रृंखला भूकम्पको दृष्टिले उच्च संवेदनशील मानिन्छ। अर्को महत्त्वपूर्ण कुरा जोखिम भनेको हाम्रा कमजोर भवन संरचनाका कारणले हो, पूर्वतयारीको अवस्था कमजोर हुने कारणले हो। त्यस हिसाबले हामी उच्च जोखिममा छौं।
    
भूकम्प कसरी जान्छ त ? 
ताप र चापका कारणले पृथ्वीको भित्री भाग चलायमान छ। पृथ्वीको मध्य भागमा निरन्तर भइरहने हलचलका कारणले पृथ्वीको बाहिरी सतहमा रहेका भूखण्डहरू अर्थात टेक्टोनिक प्लेटहरू एकआपसमा घस्रने, खप्टिने वा टाढिने प्रक्रिया भइरहन्छ। खासगरी भूखण्डहरू नजिकिंदा शक्ति सञ्चित हुँदै जान्छ र यसरी जम्मा भएको शक्ति अत्यधिक भएपछि भौगर्भिक भूखण्डहरू एकापसमा ठोक्किने, फाट्ने, भाँच्चिने या दोब्रिने हुन्छ जसका कारणले निष्काशित शक्ति वा उर्जा कम्पन(लहरको रूपमा पृथ्वीको सतहसम्म आइपुग्ने जोडदार कम्पन हुने प्रक्रिया नै भूकम्प हो।  

भूकम्पबाट हुने क्षति कसरी कम गर्न सकिन्छ ? 
यसका लागि भूकम्पको जोखिम कहाँ छ भनेर बुझ्नुपर्ने हुन्छ। भनिन्छ नि भूकम्प आफैले मान्छे मार्दैन तर कमजोर घर संरचनाका कारण क्षति हुने गर्दछ। अध्ययनहरूबाट के देखिन्छ भने भूकम्पबाट मृत्यु हुने मध्ये सबैभन्दा ठूलो कारण के रहेछ त भन्दा लगभग पाँच भागको चार भाग त असुरक्षित भवन संरचनाकै कारणले रहेछ। हाम्रोमा त घर संरचनाको अबस्था झन कमजोर छ। भनेपछि सबैभन्दा ठूलो जोखिम संरचनाहरूमा छ।  

त्यसो भए भूकम्पीय क्षति कम गर्न मानिसले घरका संरचना बनाउदा ध्यान दिनु उत्तम हुने रहेछ ? 
हो, भूकम्पीय क्षतिलाई न्यून गर्न भूकम्प प्रतिरोधी घर निर्माण गर्नु सबैभन्दा उत्तम उपाय हो। किनभने भुईचालो कति बेला आउँछ, त्यो त हामी कसैलाई थाहा हुँदैन तर भुइँचालो नेपालमा आउने त पक्का छ। यसकारण भूकम्प प्रतिरोधी संरचना निर्माण गर्यौ भने हामीले क्षतिलाई कम गर्न सक्छौ।  


कसरी बनाउने त भूकम्प प्रतिरोधी छन् ?
एउटा कुरा भनिहालूँ कि पिल्लरवाला घर बनाए मात्र भूकम्पबाट बच्न सकिन्छ भन्ने भ्रम हामीकहाँ छ। त्यो सही होइन, ढुंगा माटोका घर पनि भूकम्प प्रतिरोधी बनाउन सकिन्छ। सुरक्षित निर्माण बिधि महत्त्वपूर्ण हो। भवनको किसिम, प्रविधि र निर्माण सामग्री फरक हुन सक्छन तर कुनै पनि प्रकारको भवन संरचनालाई उपयुक्त निर्माण विधि अबलम्बन गरेर भूकम्प थेग्ने बनाउन सकिन्छ।  स्थानीय साधन(स्रोत, ज्ञान(सीप र विधि(प्रविधि  प्रयोग गरेरै घर भूकम्प प्रतिरोधी बनाउन सबैभन्दा उत्तम हुन्छ। यसका लागि हामी सुरक्षित निर्माण बिधि भने अबलम्वन गर्नै पर्दछ। 

भूकम्प प्रतिरोधी ढुंगा माटोको घर आम सर्वसाधारणले कसरी बनाउन सक्छन ?  
यो महत्त्पूर्ण प्रश्न हो। २०७२ सालको भूकम्पपछि ढुङ्गा माटोको घरले भूकम्प थेग्ला र भन्नेमा गम्भीर आशंका उत्पन्न भएको छ। यो विषयमा बिभिन्न तहमा अध्ययन, अनुसन्धान र विश्लेषण पनि भइरहेका छन् । र, यस क्षेत्रका विज्ञहरूले बताएअनुसार ढुंगा, माटो र काठबाट पनि कम लागतमै भूकम्प प्रतिरोधी घर बनाउन सकिन्छ। हाम्रै गाउँघरतिर बिस्तारै बलिया घर बन्ने क्रम शुरु भएको पनि छ। अर्को कुरा नेपालमा भूकम्पको लामो इतिहास छ र हाम्रा पूर्खाहरूले त्यसको जसरी सामना गरे हामीले पनि गर्नैपर्दछ। इतिहासले पाठ सिकाउँछ, हामीले सिक्न सकेनौं भने फेरि पनि थकथकी मान्ने बाहेक उपाय रहदैन। त्यो छुट कमसेकम यो शदीमा हामीलाई छैन भन्ने लाग्छ। इमान्दार प्रयत्नमार्फत सबल पुनर्निर्माण हामी गर्न सक्छौं, हामीले गर्नैपर्छ।  

थप केही भन्न चाहानुहुन्छ ? 
भूकम्पीय सुरक्षा पहिलो पाटो त भवन संरचना बलियो बनाउने लगायतका जोखिम न्यूनीकरणका काम गर्नु हो। यसका साथै भूकम्पीय पूर्वतयारीको अवस्थालाई पनि सबल बनाउनु आबश्यक हुन्छ। त्यसका लागि आपतकालीन खोज, उद्धार क्षमता र राहत एवं आकस्मिक स्वास्थ्य सेवा सुदृढ पार्ने लगायतका सेवा प्रणालीका थप काम गर्नुपर्ने हुन्छ। 
 

Share your thoughts!

Loading...

Trending