मध्य भोटेकोशी आईपिओमा संचयकर्तालाई अधिकतम १०० कित्ता शेयर, कसलाई कति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 19, 2018 | 04:36:31 PM मा प्रकाशित

laxmi  sunrise bank

मध्य भोटेकोशी जलविद्युत कम्पनी Madhya Bhotekohi Jalavidhyut Company Limited   ले निष्काशन गरेको आईपिओ    बाँडफांड हुने भएको छ। बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बुधबार दिउँसो धुम्बाराहीको स्मार्ट क्याफेमा शेयर बाँडफांड गरेको हो । 

कम्पनीले कार्तिक २८ गतेदेखि मंसिर १४ गतेसम्म संचयकर्ताको लागि र मंसिर १९ गतेदेखि २६ गतेसम्म संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरु तथा संचय कोषका कमर्चारीको लागि शेयर निष्काशन गरेको थियो ।

कम्पनीले संचयकर्ताको लागि १ करोड १७ लाख कित्ता शेयर निष्काशन गरेको हो । यसमा कम्तीमा ५० कित्तादेखि ५ सय कित्तासम्मका लागि आवेदन गर्न सक्ने ब्यबस्था थियो । यसमा २२ जनाको आवेदन रद्द भएको र  १ लाख ३९ हजार ७ सय ७८ जना योग्य आवेदकले शेयर पाएको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ  । 

क्यापिटलका अनुसार ९० कित्तासम्म आवेदन दिनेले माग अनुसार कै शेयर पाएका छन् । जसमा ५० कित्ताको लागि आवेदन दिने २१ हजार ४ सय १५ जना, ६० कित्ताको लागि आवेदन दिने १२ सय १६ जना, ७० कित्ताको लागि आवेदन दिने १२ सय ६३ जना, ८० कित्ताको लागि आवेदन दिने ७ सय ११ जना र ९० कित्ताको लागि आवेदन डोने २ सय ६१ जनाले माग अनुसार कै शेयर पाएका छन् ।  १०० देखि ५०० कित्ता सम्मको लागि आवेदन दिने १ लाख १४ हजार ९ सय १२ जनाले पनि ९० कित्ता शेयर नै पाएका छन्  ।  यी  १ लाख १४ हजार ९ सय १२ जना मध्येबाट गोलाप्रथा मार्फत ४ हजार ५ सय ४३ जनाले थप १० कित्ता शेयर पाएका छन्  । यस हिसाबमा संचयकर्ताले अधिकतम १०० कित्ता शेयर पाएका छन् । 

 

यस्तो छ संचयकर्ताहरुको बाँडफांड मोडल 




 त्यस्तै कम्पनीले संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुको लागि २१ लाख कित्ता शेयर निष्काशन गरेको थियो । यस समुहमा  ५० कित्तादेखि ५ सय कित्तासम्मका लागि आवेदन गर्न पाउने प्रावधान थियो । जसमा ८ हजार ४ सय ३९ योग्य आवेदक रहेको क्यापिटलले जनाएको छ  । यसमा २५० कित्तासम्म आवेदन दिनेले माग गरे अनुसार कै शेयर पाएका छन । यस समुहमा ५० कित्ताको लागि आवेदन दिने २३ जना, ६० कित्ताको लागि आवेदन दिने २ जना, ८० कित्ताको लागि आवेदन दिने १ जना, १०० कित्ताको लागि आवेदन दिने ४२ जना, ११० कित्ताको लागि आवेदन दिने  ३ जना, १२० कित्ताको लागि आवेदन दिने ३ जना, १३० कित्ताको लागि आवेदन दिने ३ जना, १४० कित्ताको लागि आवेदन दिने १ जना, १५० कित्ताको लागि आवेदन दिने ४३ जना, १६० कित्ताको लागि आवेदन दिने ५ जना, १७० कित्ताको लागि आवेदन दिने ३ जना, १८० कित्ताको लागि आवेदन दिने ३ जना, १९० कित्ताको लागि आवेदन दिने १ जना, २०० कित्ताको लागि आवेदन दिने १५४ जना, २२० कित्ताको लागि आवेदन दिने ६ जना, २३० कित्ताको लागि आवेदन दिने १ जना, २४० कित्ताको लागि आवेदन दिने ४ जना र २५० कित्ताको लागि आवेदन दिने २५४ जनाले माग गरे अनुसार कै शेयर पाएका छन् । त्यस्तै २६० देखि ५०० कित्तासम्मको लागि आवेदन दिने ७८ सय ६६ जनाले पनि २५० कित्ता शेयर नै पाएका छन्  ।   तर यी ७८ सय ६६ मध्ये गोलाप्रथा मार्फत १७ सय १२ जनाले थप १० कित्ता शेयर पाएका छन्  ।  यस हिसाबमा संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुले अधिकतम २ सय ६० कित्तासम्म शेयर पाएका छन् ।  

यस्तो छ संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुको बाँडफांड मोडल 



त्यस्तै कम्पनीले कर्मचारी संचय कोषका कर्मचारीको लागि ६ लाख कित्ता शेयर निष्काशन गरेको थियो  ।  यस समुहमा  ५० कित्तादेखि १२ सय कित्तासम्मका लागि आवेदन गर्न पाउने प्रावधान थियो । जस अनुसार ६ सय १२ योग्य आवेदकले संचयकोषले तयार पारेको बाँडफांड मोडल अनुसार  शेयर पाएको क्यापिटलले जनाएको छ । 

नतिजा बिजपाटी डटकममा 

आइपीओ बाँडफांड पश्चात नतिजा बिजपाटी डटकममा प्रकाशित हुनेछ। 

बिजपाटि डटकमको मेनुबारमा रहेको आइपीओ रिजल्ट (IPO) मा क्लिक गरेर नतिजा हेर्न सक्नु हुनेछ । तपाईले Check Your IPO Result  भन्ने देख्नुहुन्छ। बिजपाटीलाई नतिजा प्राप्त भएपछि त्यहाँ तपाईले 'मध्य भोटेकोशी जलविद्युत कम्पनी' भन्ने शिर्षक देख्नु हुनेछ । त्यसपछि आफ्नो वर्ग छनौट गरी तपाईले आफ्नो नाम मात्र राखेर नतिजा हेर्न सक्नुहुन्छ।   

नतिजा प्रकशित भएपछि क्लिक गरेर पनि नतिजा हेर्न सकिने छ ।  


संचयकर्ताले रुचाएनन मध्य भोटेकोशीको आईपिओ, तामाकोशीको 'ह्यांङओभर' कि बजारको डर ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved