युनिभर्सल पावर कम्पनीले निष्काशन गरेको आईपिओमा छैठौ दिनसम्म ९६.८८ प्रतिशत आबेदन परेको छ। आइपीओमा छैठौ दिनसम्म ९५ हजार ८ सय ६७ आवेदकबाट ८४ लाख ४ हजार २ कित्ताको लागि आवेदन परेको सेयर निष्काशक तथा बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलले जनाएको छ।
कम्पनीले यस अघि स्थानीयको लागि बिक्रि खुला गर्दा अवितरित १७ लाख ६६ हजार १ सय ५० कित्ता समेत थपेर सर्वसाधारणलाई ९३ लाख २७ हजार ४ सय १० कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको हो । जस मध्ये १ लाख ८६ हजार ५ सय ४८ कित्ता शेयर कर्मचारीको लागि छुट्याइएको छ भने ४ लाख ६६ हजार ३ सय ७० कित्ता सामुहिक लगानी कोषको लागि रहेको छ । बाँकि रहेको ८६ लाख ७४ हजार ४ सय ९२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
यो पनि: युनीभर्सल पावरको आइपीओ विश्लेषण: लाभांश अर्कोबर्षको कमाईबाट, यस्तो हुनेछ सुरुवाती सेयरमुल्य ? (रिपोर्ट ) |
पुरै शेयर बिक्रि नभएकोले फागुन ३ गते शुक्रबार पनि शेयर भर्न सकिने बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख सुजनबाबु अधिकारीले जानकारी दिए। पुरै शेयर बिक्रि नभएसम्म आवेदन दिन सकिने र पुरै शेयर बिक्रि भएको भोली पल्ट मात्र आवेदन दिने अन्तिम दिन कायम हुने उनले जानकारी दिए।
कम्पनीले यस अघि नै ढिलोमा फागुन २९ गतेसम्म आवेदन दिन सकिने जनाएको थियो । पुरै शेयर बिक्रि नभएको खण्डमा सो मितिसम्म शेयर निष्काशन खुला राख्न सकिने प्रावधान छ । त्यस मितिसम्म पनि पुरै शेयर बिक्रि नभएमा अन्डरराईटरहरु शेयर खरिद गर्नु पर्ने छ ।
आवेदकले न्युनतम ५० कित्ता देखि अधिकतम ५० लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् । सम्पूर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत अनलाइन पनि आवेदन दिन सकिने छ।