हिमालय उर्जाको आईपिओमा आवेदन दिने आज अन्तिम दिन, हालसम्म कतिले भरे शेयर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2019 | 08:20:05 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालय उर्जा विकास कम्पनीले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज चैत्र २५ गते अन्तिम दिन रहेको छ  । कम्पनीले चैत्र २० गतेदेखि सर्वसाधारणलाई १४ करोड ८५ लाख बराबरको १४ लाख ८५ हजार कित्ता शेयर निष्काशन गरेको हो ।  जस मध्ये ३ प्रतिशत अर्थात् ४४ हजार ५ सय ५० कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात् ७४ हजार २ सय ५० कित्ता सामुहिक लगानी कोषलाई छुट्याइएको छ ।  बाँकि रहेको शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

आईपिओमा तेस्रो दिनसम्ममा ३७ करोड बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा आइतबार बेलुका सम्ममा करिब ५१ हजार ६ सय आवेदकबाट ३७ लाख ५८ हजार कित्ताको लागि आवेदन परेको बिक्रि प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिंगले जानकारी दिएको छ । कम्पनीले कम्पनीको आईपिओमा दोस्रो दिन नै माग भन्दा बढीको आवेदन परेको थियो  । 

आईपिओ निष्काशनको लागि  नबिल इन्भेस्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ  ।  लगानीकर्ताले चैत्र २५ गतेसम्म आवेदन दिन सक्ने छन् ।  आवेदन दिंदा न्युनतम ५० कित्ता र अधिकतम ६५ सय कित्तासम्मको लागि आवेदन दिन सकिने छ  ।  नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ २१ गते सोमबार शेयर निष्काशनको अनुमति दिएको हो ।  कम्पनीले यस अघि पहिलो चरणमा आयोजना प्रभावित दोलखा र रामेछापका स्थानीयवासीको लागि ९ लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको थियो । स्थानीयको शेयरमा निष्काशन गरिएको शेयर भन्दा बढीको आवेदन परेको थियो । 

कम्पनीले उपल्लो र अप्पर खिम्ती–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कुल ३ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको यी आयोजनाहरुमा नबिल बैंकको अगुवाईमा एभरेष्ट बैंक, नेपाल बैंक र एस डेभलपमेन्ट बैंकको रु २ अर्ब ३५ करोड रुपैयाँ ऋण लगानी रहेको छ । कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ ।

यो पनि : 

'पहिलो बर्षबाट नै लाभांश दिने लक्ष्य छ' हिमालय उर्जाका संचालक न्यौपानेको अन्तर्वार्ता

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved