हिमालयन उर्जाको आईपिओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2019 | 08:20:20 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालय उर्जा विकास कम्पनीले चैत्र २० गतेदेखि निष्काशन गरेको आईपिओमा ५१ करोड बढीको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन आज सोमबार साँझ ५:३० बजेसम्ममा कम्पनीको आईपिओमा ७२ हजार १ सय ४५ आवेदक बाट ५१ लाख ४५ हजार ४ सय २० कित्ताको आवेदन परेको छ  । अझै केहि आवेदन फेरीफाई हुन् बाँकि रहेकोले यो संख्या केहि तल माथि पर्न सक्ने बिक्रि प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिंगले जनाएको छ । 

कम्पनीले सर्वसाधारणलाई १४ करोड ८५ लाख बराबरको १४ लाख ८५ हजार कित्ता शेयर निष्काशन गरेको हो ।  जस मध्ये ३ प्रतिशत अर्थात् ४४ हजार ५ सय ५० कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात् ७४ हजार २ सय ५० कित्ता सामुहिक लगानी कोषलाई छुट्याइएको छ ।  बाँकि रहेको शेयरमा सर्वसाधारणले आवेदन दिएका हुन् ।   कम्पनीको आईपिओमा दोस्रो दिन नै माग भन्दा बढीको आवेदन परेको थियो  । निष्काशन गरेको भन्दा बढी शेयरको लागि आवेदन परेकोले कसैले पनि माग गरे जति शेयर पाउने छैनन् ।  

 नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ २१ गते सोमबार शेयर निष्काशनको अनुमति दिएको हो ।  कम्पनीले यस अघि पहिलो चरणमा आयोजना प्रभावित दोलखा र रामेछापका स्थानीयवासीको लागि ९ लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको थियो । स्थानीयको शेयरमा निष्काशन गरिएको शेयर भन्दा बढीको आवेदन परेको थियो । 

कम्पनीले उपल्लो र अप्पर खिम्ती–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कुल ३ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको यी आयोजनाहरुमा नबिल बैंकको अगुवाईमा एभरेष्ट बैंक, नेपाल बैंक र एस डेभलपमेन्ट बैंकको रु २ अर्ब ३५ करोड रुपैयाँ ऋण लगानी रहेको छ । कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved