युनियन हाइड्रोको आईपिओ बाँडफांड, कसलाई कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2019 | 04:14:12 PM मा प्रकाशित

laxmi  sunrise bank

युनियन हाइड्रोपावरले निष्काशन गरेको आईपिओ  बाँडफांड भएको छ । बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटलले बिहिबार दिउँसो क्यापिटलको कार्यालय नयाँ बानेश्वरमा शेयर बाँडफांड गरेको हो  । 

कम्पनीले  चैत्र १३ गते देखि सर्वसाधारणको लागि ३५ लाख ३४ हजार ३ सय ४० कित्ता शेयर निष्काशन गरेको थियो । जसमा ४७ हजार १ सय ८५ आवेदकले ३६ लाख ८९ हजार ८ सय ७० कित्ताको लागि आवेदन गरेका थिए । तर कुल ३४ लाख १० हजार ८ सय १० कित्ताको आवेदन मात्र योग्य बह्येको क्यापिटलले जनाएको छ । कम्पनीको आईपिओमा निष्काशन गरीएको भन्दा कम आवेदन परेकोले सबै आवेदकले माग गरे बमोजिम कै शेयर पाएका छन् । 



  बिक्रि नभएको १ लाख २३ हजार ५ सय ३० कित्ता शेयर अन्डरराइटरस हरुले सकारेका छन् । आईपिओको प्रत्याभूति लक्ष्मी क्यापिटल र प्रभु क्यापिटलले गरेका थिए  । प्रत्यभूति सम्झौता बमोजिम लक्ष्मी क्यापिटलले ६८.२५८ प्रतिशत शेयर र प्रभु कय्पितलले ३१.७४१ प्रतिशत शेयर सकारेका हुन  । 

 कम्पनीले लमजुङको मिदिम खोलामा ३ मेगावाटको आयोजना निर्माण सम्पन्न गरी १ बर्ष देखि ब्यापारिक उत्पादन गरिरहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved