गणपति माइक्रोफाइनान्सको आईपिओ तपाईलाई पर्यो कि परेन ? नतिजा बिजपाटीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 11:46:00 AM मा प्रकाशित

laxmi  sunrise bank

गणपति माइक्रोफाइनान्सले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ  । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले शुक्रबार बिहान शेयर बाँडफांड गरेको हो  ।  

कम्पनीले सर्वसाधारणलाई ३ करोड ३५ लाख बराबरको ३ लाख ३५ हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५ हजार १ सय ७५ कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ भने १६ हजार ७ सय ५० कित्ता सामुहिक लगानी कोषको लागि बाँडफांड गरिएको छ  । बाँकि रहेको शेयरको लागि सर्वसाधारणले आवेदन दिएका हुन  ।

कम्पनीको आईपिओमा  ३ लाख २२ हजार ६ सय ९ आवेदकबाट ६५ लाख ७१ हजार ९० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ७ सय जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । योग्य रहेका ३ लाख २२ हजार ६ सय ९ आवेदक मध्येबाट ३१ हजार ३ सय ८ जनाले समान १० कित्ता शेयर पाएका छन् ।  आवेदन दिएका मध्ये २ लाख ९२ हजार १ जना खाली हात भएका छन् ।   



आईपिओको नतिजा  बिजपाटी डटकममा प्रकशित भएको छ । नतिजा  हेर्नको लागि बिजपाटी डटकमको मेनु बारमा रहेको ipo result भन्ने अप्सनमा क्लिक गर्नु होस् । त्यसपछि कम्पनीमा गणपति माइक्रोफाइनान्स छनौट गरी आफ्नो नाम राखेर आफुलाई शेयर परे नपरेको हेर्न सकिने छ । शेयर परेको भए तपाइँले आवेदन दिएको कित्ता र तपाईलाई शेयर परेको कित्ता देखाउने छ भने शेयर नपरेको वा आवेदन रद्द भएको भए sorry you have not been allotted भन्ने संदेश देखाउने छ । यहाँ क्लिक गरेर पनि नतिजा हेर्न सकिन्छ ।  

गणपति माइक्रोफाइनान्सको अधिकृत पूँजी रु.२० करोड, जारी पूँजी रु.१० करोड र चुक्ता पूँजी रु.७ करोड रहेकोछ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी रु.१० करोड ३५ लाख हुनेछ । राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले २०७३ मंसीर २४ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो । कम्पनीको मुख्य कार्यालय  दुलेगौढा, तनहुँमा रहेको छ ।  हाल कम्पनीको २० वटा शाखा रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved