अजोड इन्स्योरेन्सको आईपिओमा नयाँ रेकर्ड, २ लाख २९ हजार बढीले शेयर नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2020 | 11:29:04 AM मा प्रकाशित

laxmi  sunrise bank

अजोड इन्स्योरेन्सको आईपिओले नयाँ रेकर्ड कायम गरेको छ। कम्पनीको आईपिओमा ५ लाख भन्दा बढी लगानीकर्ताले आवेदन दिएसँगै नयाँ रेकर्ड कायम भएको हो । कुनै पनि आईपिओमा ५ लाख भन्दा बढी लगानीकर्ताले आवेदन दिएको यो नै पहिलो पटक हो ।

बिक्रि प्रबन्धक एनआईबिएल  एस क्यापिटलका अनुसार कम्पनीको आईपिओमा ५ लाख २ हजार २ सय ९८ आवेदकले १ करोड ८१ लाख ६३ हजार ९ सय ९० कित्ताको लागि आवेदन दिएका छन् । यो माग गरिएभन्दा ६.६५ गुणा बढी हो । यद्यपि आवेदन भेरिफाइ गर्ने क्रम जारि रहेकोले यो संख्या केहि तल माथि पर्न सक्ने छ। 

 कम्पनीले असार २५ गतेदेखि देखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले ३० करोड बराबरको ३० लाख कित्ता आईपिओ निष्काशन गरेको हो । जस मध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको २७ लाख ३० हजार कित्ताको लागि सर्वसाधारणको लागि आवेदन दिएका हुन् ।

 यद्यपि २७ लाख ३० हजार कित्ताको लागि आबेदन खुला गरिएकाले गोलाप्रथाबाट २ लाख ७३ हजार जनाले  मात्र शेयर पाउने छन्। यस हिसाबले २ लाख २९ हजार बढी आवेदक हातखाली हुने छन्  ।

  हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रहेकोमा आईपिओ निष्काशपछि चुक्ता पुँजी १ अर्ब पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved