‘भारत’को रेकर्ड तोड्दै ‘कबीर सिंह’ बन्यो सर्बाधिक कमाई गर्ने फिल्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2019 | 09:56:19 AM मा प्रकाशित

laxmi  sunrise bank

२१ जुनबाट प्रदर्शनमा आएको शाहिद कपुरको फिल्म 'कबिर सिंह' यो बर्षकै छोटो समयमा नै दुई सय करोडको आँकडा पार गर्ने पहिलो फिल्म बनेको छ । फिल्मले रिलिजको १३ औँ दिनमा २०६ करोड ४८ लाख भारुको कमाई गरेपछि फिल्म यो बर्षकै सर्बाधिक कमाई गर्ने फिल्म बन्ने सम्भाबना प्रबल बनेको छ ।

यसअघि सलमान खानको 'भारत'ले १४ औँ दिनमा दुइ सय करोड कमाएको थियो भने 'उरी' ले २८ औँ दिनमा कमाएको थियो । बक्स अफिस किंगका रुपमा परिचित सलमानको भारतको बक्स अफिसमा जम्मा कलेक्सन २११ करोडको हाराहारिमा रहेको रहेको छ । भारतको यो कलेक्सनलाई कबिर सिंहले केहि दिनमा पछि पार्ने देखिएको छ । फिल्मले बुधबार ७ करोड ५३ लाखको कलेक्सन गरेको यो । यस अनुसार फिल्मको बिहिबार र शुक्रबारको कलेक्सनले भारतको कलेक्सनलाई पछि पार्ने निस्चित छ ।

यो बर्षको बलिउडमा सर्बाधिक कमाई गर्ने फिल्म बिक्कि कौशलको 'उरी' रहेको छ । कबिर सिंहको यो रफ्तार कायम रहेमा उरीको २४६ करोडको कलेक्सनलाई छिटै नै पार गर्ने जानकारहरु बताउछन् ।

२० करोड २१ लाखको ओपनिङ कलेक्सन गर्दै पाँचौ दिनमा नै सय करोड बढि कलेक्सन गरेको फिल्मले ९ औँ दिनमा १५० करोड बढि, १० औँ दिनमा १७५ करोड र  १३ औँ दिनमा दुइ सय करोड बढिको कलेक्सन गरेको ट्रेड एनालिष्ट तरण आदर्शले जनाएका छन् ।

कबिर सिंह शाहिदको करिअरकै सोलो हिट फिल्म बनेको छ । फिल्म तेलेगु फिल्म 'अर्जुन रेड्डी' को आधिकारिक हिन्दी रिमेक हो। फिल्ममा शाहिदसँग कियारा आड्वाणिको प्रमुख भुमिका रहेको छ । फिल्मको निर्देशक सन्दिप भंगा रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved