सन्दीप लामिछानेले विराट कोहलीको कप्तानीमा खेल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2020 | 09:33:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एशिया–११ टोलीबाट खेल्ने भएका छन् । सन्दीपलाई बङ्गलादेश क्रिकेट बोर्डले आयोजना गर्ने मुजिब १०० टि–२० कपमा खेल्ने एशिया–११ टोलीमा समावेश गरिएको हो ।

उक्त प्रतियोगिता बङ्गलादेशले बङ्गबन्धु शेख मुजिबउर रहमानको जन्मशताब्दीका अवसरमा आगामी चैत ८ र ९ गते ढाकामा आयोजना गर्न लागेको हो । सो प्रतियोगिताका लागि आयोजक बङ्गलादेश क्रिकेट बोर्डले आज १४ सदस्यीय खेलाडीको नाम सार्वजनिक गरेको हो ।

सन्दीपसँगै एशिया–११ टोलीमा भारतीय कप्तान विराट कोहली, लोकेश राहुल, शिखर धवन, ऋषभ पन्त, लिटन दास, तमिम इक्बाल, लसिथ मालिंगा, मुस्ताफिजुर रहमान, राशिद खान, मुस्फिकुर रहीम, थिसारा परेरा, मोहमद सामी र कुलदिप यादव छन् ।

प्रतियोगिताअन्तर्गत विश्व–११ र एशिया–११ बीच दुई वटा खेल हुनेछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved