६ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, नेप्सेमा कारोबार हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2019 | 06:22:28 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले छ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले यही जेठ ९ गते बिहीबार ‘विकास ऋणपत्र २०८९ ख’ बिक्री गर्ने जानकारी दिएको हो । बोलकबोलको माध्यमबाट उक्त ऋणपत्र बिक्री गर्न लागिएको हो ।

बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिकरुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्नेसमेत सूचनामा उल्लेख छ । राष्ट्र बैंकले १३ बर्षे अवधिको लागि ऋणपत्र निष्काशन गर्न लागेको हो । यस ऋणपत्रलाई धितो राखेर कर्जा लिन समेत पाइने छ । 

घटीमा रु ५० हजार र बढीमा कूल बिक्री गर्न लागिएको रकमको सीमामा नबढाई रु ५० हजारले भाग गर्दा निशेष भाग जाने अङ्क बराबरको खरीद गर्न पाइने व्यवस्था गरिएको छ । बैंकका अनुसार ऋणपत्रको दोस्रो बजार कारोवार नेपाल स्टक एक्सचेञ्जमा हुनेछ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved