२० गतेको लगानी रणनीति, एनसीसी बैंकको सेयर 'सस्तो' सुचिमा, यस्तो छ एनआईसी सहित ८ संस्थाको प्रगति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2019 | 11:45:25 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिनको कारोबारमा नै बजार परिसूचक नेप्से १.०४ अंकको झिनो अन्तरले बढेर ११६१.६३ को बिन्दुमा पुगेर रोकिएको छ । कारोबारमा आएका कुल १६८ कम्पनीको  ९ लाख ७ हजार ३ सय १४ कित्ता शेयर खरिद बिक्रिबाट  २७.३३ करोडको कारोबार भएको छ ।  

बिहिबारको कारोबारमा उत्पादन समुह र विकास बैंकको समुहको उपसुचक सर्बाधिक बढेको छ। जीवन बिमा र निर्जीवन बिमाको उपसुचक सर्बाधिक घटेको छ । 

 बिहिबारको कारोबारमा आफ्नो समुहमा मिर्मिरे लघुवित्त र सिटी एक्सप्रेसले सबै भन्दा धेरै गुमाएका छन् । चौतारी लघुवित्त, पुर्णिमा विकास बैंकले आफ्नो समुहमा धेरै कमाएका छन् ।  त्यस्तै  सिटी एक्सप्रेस फाइनान्स, आरम्भ माइक्रोफाइनान्स, सपोर्ट माइक्रोफाइनान्सको सेयरमा बिहिबारको कारोबारमा तिब्र उतारचढाब देखिएको छ।  

नेपाल धितोपत्र बोर्डले सेयरदलाल मार्फत मार्जिन कारोबार सुविधा उपलब्ध गराउन नीतिगत व्यवस्था गरेको छ। 


सेयर दलालले लगानीकर्ताबाट सेयर बिक्रि आदेशमा समेत अग्रिम रकम लिएको पाइएपछि नेपाल स्टक एक्सचेन्जले कानुन बिपरित कार्य नगर्न निर्देशन दिएको छ।




आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ। आजको कारोबारमा नेप्से परिसूचक घट्ने प्रक्षेपण गरिएको छ।


नोट: बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।

Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM




उत्कृष्ट ५ स्क्रिप्ट प्राइसिंग ले हिजोको कारोबारको आधारमा आज कुन कुन कम्पनीको सेयरमुल्य तुलानाताम्क रुपमा बढी मुल्यमा, कम मुल्यमा र फेयर मुल्यमा कारोबार भएको छ भन्ने बुझाउँछ।

यसबाट लगानीकर्ताले आफुसंग भएको कम्पनीको सेयर 'अन्डर प्राइस' क्यातोगोरीमा छ भने भोलि यसको मुल्य बढ्न सक्ने प्रक्षेपण गर्न सक्छन भने 'ओभर प्राइस' क्याटोगोरीमा भएका कम्पनीको सेयर मुल्य भोलिका दिन घट्न सक्छ आजै बेचेर प्रोफिट बुक गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउछ।

आजको सेयरकारोबारमा एनसीसी सहित ५ बैंकको सेयरमल्य अन्डरप्राइसको सुचिमा छन। भने स्ट्याण्डर्ड चार्टड सहित ५ बैंकको सेयर महँगो सुचिमामा छन।





ट्रेडेड स्क्रिप्ट स्त्याट्स अन्तर्गत तपाइँहरुले सम्बन्धित दिनमा कुल कारोबार भएका कम्पनीहरु र तिनीहरुको सेयर मुल्यको बारे जानकारी लिन सक्नुहुन्छ। यसमा देखाइएको रातो रंगले कारोबार आएका कुल कम्पनी मध्ये सेयर मुल्य घटेको देखाउछ भने निलो रगले कारोबारमा आएपनि सेयरमुल्यमा कुनै परिवर्तन नआएको जनाउँछ त्यस्तै हरियो रंगले सेयरमुल्य बढेको बुझाउँछ। त्यस्तै कालो रंगले सुचिकृत भएका तर कारोबारमा नआएका कम्पनी भन्ने बुझाउछ।






महत्त्वपूर्ण बजार समाचार 

दोस्रो त्रैमासमा एनआईसी एसियाको खुद नाफा १६४.३३ प्रतिशतले बढेको छ । 

दोस्रो त्रैमासमा एनएमबि बैंकको खुद नाफा १५.२८ प्रतिशतले बढेको छ । 

दोस्रो त्रैमासमा हिमालयन बैंकको २३.६२ प्रतिशत बढेको छ ।

दोस्रो त्रैमासमा लक्ष्मी बैंकको ३१.५६ प्रतिशतले बढेको छ ।

दोस्रो त्रैमासमा नेरुदी लघुवित्तको ६८.२० प्रतिशतले बढेको छ ।

दोस्रो त्रैमासमा स्वाबलंबन लघुवित्तको ५.४३ प्रतिशतले बढेको छ ।

दोस्रो त्रैमासमा सिन्धु विकास बैंकको १४०.४७ प्रतिशतले बढेको छ ।

दोस्रो त्रैमासमा बैंक अफ काठमाडौँको २४ प्रतिशत बोनस र ११ प्रतिशत नगद पारित ।

पोखरा फाइनान्सको ४ लाख ८ हजार २ सय २५ कित्ता बोनस शेयर सुचिकृत ।

आशा लघुवित्तको आईपिओ बिक्रि जारी 

एनआईसी एसियाको ऋणपत्र बिक्रि जारी । 



Share Your Thoughts

Related News

A PHP Error was encountered

Severity: Warning

Message: Invalid argument supplied for foreach()

Filename: single/single.php

Line Number: 210

Backtrace:

File: /var/www/vhosts/bizpati.com/httpdocs/application/views/bizpati/single/single.php
Line: 210
Function: _error_handler

File: /var/www/vhosts/bizpati.com/httpdocs/application/controllers/Page.php
Line: 247
Function: view

File: /var/www/vhosts/bizpati.com/httpdocs/index.php
Line: 302
Function: require_once

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved