लक्ष्मी लघुवित्त Laxmi Laghubitta Bittiya Sanstha Limited ले ग्राहकलाई सिलाई कटाई तालिम प्रदान गरेको छ । संस्थाले रुपन्देहीको सुर्यपुरा शाखामा आवद्ध ग्राहकहरुलाई २ महिने सिलाई कटाई तालिम प्रदान गरेको हो ।
पुस १० देखी माघ ८ गतेसम्म सञ्चालन भएको तालिममा २० जना ग्राहकहरुको सहभागीता रहेको संस्थाले जनाएको छ । संस्थाले टेलरीङ्ग व्यवसायमा आर्कषण गरी महिला ग्राहक सदस्यहरुलाई सफल उद्यमी बनाउने उद्देश्यले उक्त तालिम सञ्चालन गरेको जनाएको छ ।