मिर्मिरे र नागबेली लघुवित्तको एकिकृत कारोबार मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2020 | 08:55:58 AM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha  ले नागबेली लघुवित्तलाई गाभेपछि भदौ ७ गते आइतबारबाट एकिकृत कारोबार गर्ने भएको छ ।  नेपाल राष्ट्र बैंकबाट साउन २५ गतेबाट अन्तिम स्वीकृति र कम्पनी रजिस्ट्रार कार्यालयबाट भदौ ३ गतेबाट स्वीकृति पाएसँगै मिर्मिरेको नामबाट एकिकृत कारोबार सुरु हुन लागेको हो ।

एकिकृत कारोबार हुने दिन सम्पूर्ण कार्यालयको सेवा बन्द हुने कम्पनीले अनाएको छ।  

यसअघि स्वेडा लघुवित्तलाई प्राप्ती गरी एकिकृत कारोवार सञ्चालन गरीसकेको मिर्मिरेले नागवेलीलाई प्राप्ती गरेपश्चात समायोजित चूक्ता पूँजी ३९ करोड ९८ लाख ७२ हजार ६४१.५० हुनेछ । त्यस्तै, शाखा संख्या जम्मा १०८ हुनेछन् । 

कम्पनीको केन्द्रीय कार्यलय काभ्रेको बनेपामा नै रहने छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved