बेरोजगारीलाई 'जब ग्यारेन्टीका' साथ आत्मनिर्भर बनाउदै एलाइन्स

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 08, 2018 | 09:55:56 AM मा प्रकाशित

laxmi  sunrise bank

बेरोजगार हुनु हुन्छ ? अनि रोजगार ग्यारेन्टी हुने गरी सिप सिकेर आत्मनिर्भर बन्न चाहनु हुन्छ ? यदि त्यसो हो भने तपाइको उत्तम बिकल्प बन्न सक्छ  एलाइन्स ल्यापटप एण्ड रिपेयरिङ सेन्टर । एलाइन्सलेलामो समयदेखि दक्ष बनाउने र तालिमपछि रोजगारी दिने ग्यारेन्टी सहित विभिन्न तालिमहरु उपलब्ध गराउदै आएको छ ।

एलाइन्स सेन्टर आईएसओ प्रमाणित र सिटिईभिटीबाट समेत मान्यता पाईसकेको संस्था हो  । एलाइन्सले विगत ८ वर्षदेखि नेपालमा कम्प्युटर, ल्यापटप र मोबाइलको क्षेत्रमा चिप लेबलको तालिम प्रदान गर्दै आएको छ । नेपालमा चिप लेवलको तालिम आवश्यक रहेको र आफुले त्यो प्रकारको तालिम दिईरहेको एलाइन्सका प्रमुख दिपक पोखरेल बताउछन ।

एलाइन्सले  ल्यापटप, कम्प्युटर, मोबाईल, प्रोजेक्टर लगायत सम्पूर्ण प्रकारका इलेक्ट्रिक ग्याजेटको चिप लेबल ट्रेनिङमा रोजगारीसहित एकवर्षको प्याकेज सञ्चालन गरेको छ । आफैं स्वरोजगार बन्न चाहने युवा(युवतीलाई रोजगारीको ज्ञारेन्टी दिंदै आत्मनिर्भर बन्न सहयोग गर्दै आएको छ । 

विदेशमा जाने युवालाई लक्षित गरेर स्पेशल कोर्स सञ्चालन गर्ने गरिएको समेत दिपक पोखरेल बताउछन् ।मोबाईल, कम्प्युटर ल्यापटपमा आउने जुनसुकै समस्या पनि मेसिनबाट २० मिनेट भित्रै पत्ता लगाई २४ घण्टाभित्र डेलिभरी गर्न सक्ने ग्यारेन्टी गरेको संस्थाले आफ्ना विद्यार्थीलाई पनि सोही लेवलकै तालिम प्रदान गरि पूर्ण दक्ष बनाउने बताएको छ ।

 विद्यार्थी दक्ष नबनुञ्जेल अतिरिक्त शुल्क नलिइने समेत एलाइन्सले प्रष्ट पारेको छ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved