१ हजार ७५५ उपसचिवलाई समायोजन पत्र बाड्दै सरकार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2019 | 02:22:36 PM मा प्रकाशित

laxmi  sunrise bank

समायोजन रोजेका उपसचिवलाई सरकारले आज पत्र दिने भएको  छ ।  सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन रोजेका १  हजार ७५५ उपसचिवलाई आज समायोजनको पत्र दिन लागिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिएका छन् । 

समायोजन रोजेका उपसचिवमध्ये सङ्घमा एक हजार ५१३, प्रदेशमा २३७ र स्थानीय तहमा पाँच रहेका छन् । ती कर्मचारीलाई मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले समायोजनको पत्र उपलब्ध गराउने मन्त्रालयले जानकारी दिएको छ । यसअघि मन्त्रालयले सचिव र सहसचिवलाई समायोजनको पत्र दिइसकेको छ । 

मन्त्रालयले हालसम्म ३८ हजार ८१७ कर्मचारीलाई समायोजन गरेको छ । जसमध्ये सङ्घमा २८ हजार २५, प्रदेशमा चार हजार ८४६ र स्थानीय तहमा पाँच हजार ८३५ छन् ।

प्रवक्ता अधिकारीका अनुसार,प्राविधिकतर्फका शाखा अधिकृत र स्वास्थ्य सेवा समूहका बाहेक अरु सबैको समायोजन क्रमशः हुँदै गइरहेको छ । यसैगरी चार हजार ७९३ शाखा अधिकृतको समायोजन गरिएको छ । तीमध्ये सङ्घमा तीन हजार ६४२, प्रदेशमा ५९३ र स्थानीय तहमा ५५८ रहेका छन् । 

समायोजन रोजेका शाखा अधिकृतलाई यही हप्ता समायोजनका पत्र दिइने प्रवक्ता अधिकारीले बताए । पत्र पाइसकेपछि कर्मचारी समायोजन रोजेको ठाउँमा जानुपर्ने छ । करीब ८७ कर्मचारीमध्ये ७७ हजारले समायोजन रोजेका थिए । 

सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved