एनआरएनको अध्यक्षमा पन्त बिजयी, नयाँ कार्यसमितिमा नेकपा निकटको बर्चस्व

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2019 | 11:05:00 AM मा प्रकाशित

laxmi  sunrise bank

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन्। उनले प्रतिस्पर्धी कुल आचार्यलाई पराजित गर्दै संघको नवौँ विश्वसम्मेलनबाट अध्यक्षमा निर्वाचित भएका हुन्। 

पन्त यसअघि २ कार्यकाल एनआरएनएको आईसीसि उपाध्यक्ष बनिसकेका थिए। विजयी पन्तले कुल १ हजार १८१ मत ल्याउँदा प्रतिस्पर्धी आचार्य १११ मतले पराजित भएका छन्। बिहिबार भएको मतदानमा कुल २ हजार ३४१ मत खसेको थियो।

त्यस्तै अध्यक्ष सहित अन्य पदमा समेत कुमार पन्त समर्थकको बर्चश्व देखिएको छ। उपाध्यक्षमा बद्री केसी रसिया, अर्जुन कुमार श्रेष्ठ बेल्जियम, सोनम लामा अमेरिका, मन केसी अष्ट्रेलिया, रविना थापा निर्वाचित भएका छन।    

त्यस्तै महासचिवमा डा. हेमराज शर्मा अमेरिका, सचिवमा गौरी जोशी अमेरिका, सचिवमा आरके शर्मा कतार, कोषाध्यक्षमा महेश श्रेष्ठ, सह कोषाध्यक्षमा लोक दाहाल र  संयोजकमा हिमाल गुरुङ निर्वाचित भएका छन। त्यस्तै क्षेत्रीय संयोजकमा मध्यपूर्वले यसअघि नै सर्वसम्मतले प्रविन गुरुङको संयोजकत्वमा नयाँ कार्यसमिति छनौट गरेको छ।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved