धितोपत्र विधयेकलाई अर्थ समितिमा पठाईदै, यस्तो छ अबको प्रक्रिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2020 | 09:33:07 AM मा प्रकाशित

laxmi  sunrise bank

संसदको प्रक्रियामा रहेको धितोपत्र सम्बन्धि (पहिलो संशोधन विधयेक) २०७६ लाई अर्थ समितिमा पठाइने भएको छ ।  आज बिहिबारको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त विधयेकलाई दफावार छलफलको लागि अर्थ समितिमा पठाईयोस भन्ने प्रस्ताव पेश गर्न लागेका हुन् । 

उक्त प्रस्ताव पारित भएपछि विधयेक अर्थ समितिमा जाने छ । अर्थ समितिमा दफाबार  छलफल भई समितिले आवश्यक संशोधन समेत गर्न सक्ने छ। समितिले दफावार छलफल गरेर विधयेक पारित गरेपछि संसदको पूर्ण बैठकले विधयेक पारित गर्नु पर्नेछ । संसदको दुवै सदनले पारित गरेपछि र राष्ट्रपतिले प्रमाणिकरण गरेपछि यो कानुनको रुपमा लागु हुने छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved