ऐन विपरित शेयर बजार अनिश्चितकालको लागि बन्द, यस्तो छ कानुनी ब्यबस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2020 | 09:14:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले गरेको 'अनिश्चितकालको लागि शेयर कारोबार स्थगित गर्ने निर्णय' कानुन बिपरित देखिएको छ  नेप्सेको शनिवार बसेको संचालक समितिको बैठकले  धितोपत्र बोर्डबाट अर्को निर्देशन नआएसम्मको लागि शेयर बजार बन्द गर्ने निर्णय गरेको हो  

नेप्सेले धितोपत्र सूचिकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ को उपनियम १ बमोजिम कारोबार स्थगित गर्ने निर्णय गरेको जनाएको छ   तर उक्त उपनियमले अनिश्चितकालको लागि शेयर कारोबार गर्न सक्ने अधिकार नेप्सेलाई दिएको छैन  उक्त उपनियममा प्रष्टसंग 'कारोबार प्रणालीको संचालन निश्चित समयका लागि स्थगन गर्न सक्नेछ 'उल्लेख छ । अर्थात नेप्सेले अहिले गरेजस्तो अनिश्चितकालिन शेयर बजार बन्द गर्ने अधिकार यस उपनियमले दिदैन । यस उप नियममा भनिएको छ 'प्राकृतिक प्रकोप, राष्ट्रिय संकट वा काबुबाहिरको परिस्थिति आइपरेमा धितोपत्र बजारले बोर्डलाई जानकारी दिई कारोबार प्रणालीको संचालन निश्चित समयका लागि स्थगन गर्न सक्नेछ । ' अर्थात् अनिश्चितकालको लागि बजार बन्द गर्ने ब्यबस्था त्यसमा कहिँ कतै उल्लेख छैन 


यसरी बजार बन्द गर्नु कानुन बिपरित भएको भन्दै यस अघि नै सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । अधिवक्ताद्वय रपिश पोखरेल र हरिप्रसाद दाहालले लकडाउन सुरु भएपछि बन्द भएको सेयर कारोबार खुला हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । 

अदालतले मुद्दाको प्रारम्भिक सुनुवाई मै शेयर बजार किन खुला नगरेको भन्दै सरकारको नाममा कारण देखाई आदेश जारी गरिसकेको छ  ।  न्यायधीश हरिकृष्ण कार्कीको एकल इजलाशको गेट जेठ ३२ गते  आइतबारको इजलाशले  सरकारको  नाममा  कारण  देखाउ आदेश जारि गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको हो ।

रिटमा  लामो समय सेयर कारोबार बन्द हुँदा पेशा गर्ने नैसर्गिक अधिकार हनन भएको र पेशाकर्मीहरुको रोजीरोटीमा पनि समस्या भएकोले बजार खुलाउन आदेश जारी हुनुपर्ने माग गरिएको थियो । रिटमा अनेक बाहनामा लामो समय बन्द गरिनु नाजायज हुने उल्लेख छ । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड अनि नेपाल स्टक एक्सचेञ्जलाई विपक्षी बनाइएको छ ।  ऐनमा ५ दिनभन्दा बढी बन्द गर्न नमिल्ने तर  दुई महिनादेखि कारोबार बन्द भएकोले बजार खुल्नको लागि आदेश माग गरिएको छ। 

यस अघि : 

शेयर कारोबार अनिश्चितकालको लागि बन्द

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved