नागरिक लगानी कोषको स्टक डिलरले माग्यो सीइओ, यस्ता छन् आवश्यक योग्यता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2020 | 08:51:12 AM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषको स्टक डिलर कम्पनीले प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्त गर्न लागेको हो ।

कम्पनीले योग्यता पुगेका इच्छुक नागरिकलाई सूचना प्रकाशन भएको १५ दिन भित्र आवेदन दिन आग्रह गरेको हो । आवेदन दिनेले ब्यबस्थापन वा अर्थशाश्त्र वा वाणिज्य शाश्त्र वा बित्तशाश्त्रमा स्नातकोत्तर गरेको वा स्नातक तह उतिर्ण सहित सिए उपाधि हासिल गरेको हुनु पर्ने छ  । त्यस्तै बैंक वित्तीय संस्था वा सुचिकृत कम्पनीमा कम्तिमा ४ वर्ष ब्यबस्थापकिय तहमा काम गरेको हुनु पर्ने छ । यी योग्यता भएका ३० वर्ष पुरा भई ५८ वर्ष ननाघेकाहरुले आवेदन दिन सक्ने छन् ।

आवेदन दिनेले ब्यबसायिक कार्ययोजना अर्थात् बिजनेश प्लान समेत बुझाउनु पर्ने छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved