नेपाल र भारतका बाघ गणना एउटै प्रक्रियाबाट एकैपटक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 03, 2017 | 05:27:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका निकुञ्ज, आरक्ष, वन क्षेत्र र तीसँग जोडिएका भारतीय निकुञ्ज एवं वन क्षेत्रमा एउटै प्रक्रियाबाट एकैपटक बाघ गणना गरिने भएको छ । निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार नोभेम्बर दोस्रो साताबाट बाघ गणना गर्ने तयारी भएको छ ।

नेपाल र भारतका अधिकारीबीचका बैठकमा दुवै देशमा बाघको गणना एउटै विधि प्रयोग गरी नदोहोरिने गरी गणना गर्ने निर्णय भएको हो । खड्काका अनुसार बाघले आफ्नै क्षेत्र निर्धारण गरेर बस्ने गर्छ । कतिपय बाघ नेपाल र भारतका वन क्षेत्रमा मात्रै रहने भए पनि कतिपयले सीमा क्षेत्रमा दुवै देशको

दुवै देशमा एकैसाथ गणना गर्दा बाघको सङ्ख्या नदोहोरिने खड्काले बताउनुभयो । यसअघि पनि दुवै देशमा एकैसाथ बाघको गणना गरिएको थियो तर प्रविधि पनि एउटै प्रयोग गर्न लागिएको यो पहिलोपटक हो । नेपालको चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षसँगै भारतको वाल्मीकि टाइगर रिजर्ब छ । 

नेपालको बर्दिया राष्ट्रिय निकुञ्जसँगै भारतको कतर्नियाघाट वाइल्डलाइफ सञ्चुरी पर्छ । त्यसैगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग भारतको दुधुवा टाइगर रिजर्ब जोडिएको छ । दुवै देशको निकुञ्ज, आरक्ष र वन क्षेत्रमा बाघ ओहोरदोहोर गर्ने गर्ने हुँदा के कति बाघ ओहोरदोहोर गर्छन् भन्ने यकिन गर्न पनि योपटक दुवैतर्फ एकैपटक बाघ गणना गर्न लागिएको आजको गोरखापत्रमा खबर छ । ।

नेपालमा सन् २०१३ मा बाघको गणना भएको थियो । त्यो बेला देशभर बाघको सङ्ख्या १९८ पुगेकामा चितवन निकुञ्जमा मात्र सबैभन्दा धेरै १२० बाघ थिए । चितवन निकुञ्जबाहेक पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा निकुञ्जमा बाघ पाइन्छ । पाटे बाघ विश्वबाट लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved