समयमै नसकिने भयो मेलम्ची आयोजनाको काम, कारण यस्तो छ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 08, 2017 | 05:08:16 AM मा प्रकाशित

laxmi  sunrise bank


राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम अब १।५ किलोमिटर मात्र बाँकी छ । मेलम्ची खोलादेखि सुन्दरीजलसम्मको २७।५ किमी सुरुङ छिचोल्न डेढ किमी बाँकी रहे पनि तोकिएको समयमा काम सम्पन्न हुनेमा भने मेलम्ची परियोजना शङ्कामुक्त छैन । निर्माण कम्पनी र मेलम्ची खानेपानी विकास समितिले आगामी डिसेम्बर अर्थात् पुस महिनामा सुरुङ खन्ने काम सम्पन्न गर्ने बताए पनि कामको गति हेर्दा सकिने अवस्था देखिँदैन ।

तोकिएको समय अनुसार सुरुङ खन्ने काम सम्पन्न गर्न अब तीन महिना १० दिन बाँकी छ । हाल दैनिक १४÷१५ मिटरका दरले सुरुङ खनिएको छ । यही गतिमा काम गर्दा बाँकी रहेको १६ सय मिटर खन्न अझै एक सय १४ दिन अर्थात् चार महिना लाग्ने देखिन्छ । दसैँलगायतका चाडपर्वमा काम भएको छैन । मजदुरहरू दसैँ मनाउन गएपछि नौ दिन काम हुन सकेन । तिहारलगायतका चाडपर्वमा पनि काम रोकिने छ । जसले गर्दा तोकिएको समय पुस महिनाभित्रै सुरुङको ‘ब्रेक थ्रु’ गर्न सम्भव देखिएको छैन ।

तर मेलम्ची खानेपानी विकास समितिले भने पुस महिनामै सुरुङ खन्ने काम सम्पन्न गरिने जनाएको छ । समितिका उपकार्यकारी निर्देशक रमाकान्त डुवाडीले निर्माण कम्पनीले पुस महिनासम्म खन्ने काम सक्छु भनेकाले आफूहरू विश्वस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो । डिसेम्बरसम्ममा निर्माण कम्पनीले टनेल सक्छौँ भनेको छ, हाल चार ठाउँबाट काम गरिरहेको छ, अलिकति गति बढ्यो र कडा चटान प¥यो भने पुस महिनामै सम्भव छ, हामी लागि परेका छौँ ।

सुरुङ खन्ने काम सम्पन्न भएपछि सुरुङ तयारी हुन कम्तीमा तीन महिना लाग्ने छ । सुरुङको भित्ता र भुइँलाई आरसीसी ढलान गर्नुपर्छ त्यसका लागि कम्तीमा तीन महिना लाग्ने समितिले जनाएको छ । समितिको दाबी अनुसार काम भए पनि पुसपछि तीन महिनामै ढलानको काम सकियो भने पनि चैत महिनासम्म लाग्ने देखिन्छ जुन नयाँ वर्षमा मेलम्चीको पानी काठमाडौँ आउने सम्भावना देख्न सकिन्छ । हाल डेढ किमी सुरुङको ढलान सम्पन्न भइसकेको समितिले बताएको छ ।

निर्माण सम्झौता अनुसार २०७४ असोज अन्तिमसम्म मेलम्ची खोलाको पानी काठमाडौँ ल्याउने घोषणा गरिएको थियो । काम सम्पन्न नभएपछि पुस महिनामा सारिएको थियो तर पुसमा पनि पानी आउने सम्भावना निक्कै कम छ । समितिले भूकम्प, नाकाबन्दी र नरम चटान परेको भन्दै प्राविधिक कारण देखाउँदै समय थप गर्दै आएको छ । उपकार्यकारी निर्देशक दुवाडीले भन्नुभयो, छिटो सम्पन्न गर्न लागि परेका छौँ, मेलम्ची राष्ट्रिय गौरवको आयोजनाको हामी लक्ष्य नजिकै पुगेका छौँ अब १६ सय मिटर मात्र बाँकी छ, सफलता नजिक पुगेकाले सबैलाई हौसला मिलेको छ, जतिसक्दो छिटो सम्पन्न गर्ने प्रयत्नमा छौँ ।

मेलम्चीबाट पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी आउनेछ तर दोस्रो चरणको परियोजना सुरु भएपछि याङरी र लार्के खोलाको पानी पनि सोही सुरुङमा मिसाएपछि दैनिक ५२ करोड लिटर पानी आउनेछ । याङरी र लार्के खोलाको पानी सुरुङ मार्गमा मिसाउन थप नौ किमी सुरुङ खन्नुपर्ने हुन्छ । समिति अनुसार सन् २०१८ देखि २२ सम्ममा याङरी र लार्के खोलाको पानी पनि काठमाडौँ आउने छ । मेलम्ची उपआयोजना–२ ले बागमती नदीको पानीमार्फत उपत्यकामा बिछ्याइएको ठूलो पाइपलाईनको परीक्षण गरिरहेको छ । गोरखापत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved