नेपालको इन्टरनेट भारतको भन्दा फास्ट, कुन देशको कस्तो?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 13, 2017 | 06:44:23 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा मोबाइल ब्रोडब्यान्डको डाउनलोड स्पिड (क्षमता)मा सुधार आएको पाइएको छ । गएको नोभेम्बर महिनामा ओक्लाज स्पिड टेस्ट ग्लोबल इन्डेक्सले गरेको अध्ययन प्रतिवेदनअनुसार नेपालले सार्क राष्ट्रहरू भारत र श्रीलंकालाई उछिनेको छ । नोभेम्बरमा मोबाइल इन्टरनेटमा युरोपियन मुलुक नर्वे औषत ६२.६६ मेगाबिट्स पर सकेन्ड (एमबीपीएस) डाउनलोड स्पिडसहित सबैभन्दा अगाडि छ भने फिक्स्ड ब्रोडब्यान्डमा सिंगापुर १५३.८५ एमबीपीएस डाउनलोड स्पिडसहित पहिलो स्थानमा छ । 

नेपालमा मोबाइल ब्रोडब्यान्डको डाउनलोड स्पिड (क्षमता)मा सुधार आएको पाइएको छ । गएको नोभेम्बर महिनामा ओक्लाज स्पिड टेस्ट ग्लोबल इन्डेक्सले गरेको अध्ययन प्रतिवेदनअनुसार नेपालले सार्क राष्ट्रहरू भारत र श्रीलंकालाई उछिनेको छ । नोभेम्बरमा मोबाइल इन्टरनेटमा युरोपियन मुलुक नर्वे औषत ६२.६६ मेगाबिट्स पर सकेन्ड (एमबीपीएस) डाउनलोड स्पिडसहित सबैभन्दा अगाडि छ भने फिक्स्ड ब्रोडब्यान्डमा सिंगापुर १५३.८५ एमबीपीएस डाउनलोड स्पिडसहित पहिलो स्थानमा छ । इन्डेक्सअनुसार मोबाइल ब्रोडब्यान्डमा नेपालमा ९९ औं स्थानमा छ । यस्तै, फिक्स्ड ब्रोडब्यान्डमा भने ९२ औं स्थानमा रहेको छ ।

यो अध्ययनमा स्पिड टेस्ट मोबाइल एप र वेबसाइटमार्फत १७ अर्ब (१७ बिलियन) परीक्षणलाई समावेश गरिएको थियो । इन्डेक्सअनुसार भारत मोबाइल ब्रोडब्यान्डमा १०९ औं स्थान र फिक्स्ड ब्रोडब्यान्डमा ७६ औं स्थानमा छ ।  सन् २०१७ को सुरुमा भारतको मोबाइल ब्रोडब्यान्डको डाउनलोड स्पिड औषतमा ७.६५ एमबीपीएस थियो । इन्डेक्सले नोभेम्बरमा समग्र मोबाइल डाउनलोड स्पिड ८.८० एमवीपीएस रहेको जनाएको छ । सन् २०१७ को सुरुमा औषत मोबाइल ब्रोडब्यान्डको तुलनामा नोभेम्बरसम्म आउँदा १५ प्रतिशतले स्पिड वृद्धि भएको छ । गत जनवरीमा फिक्स्ड ब्रोडब्यान्ड डाउनलोड स्पिड १२.१२ रहेकोमा नोभेम्बरमा आउँदा बढेर १८.८८ एमबीपीएस पुगेको छ । यो भनेको भन्डै ५० प्रतिशतले स्पिड बढ्नु हो ।

नेपालमा पनि पछिल्लो समयमा मोबाइल सेवा प्रदायक कम्पनीहरूले फोरजी सेवा विस्तार गरेसँगै डाउनलोड स्पिडमा यसको सकारात्मक प्रभाव देखिएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार १ करोड ६३ लाख १६ हजार इन्टरनेट प्रयोगकर्तामध्ये ८६ लाख नेपाल टेलिकम र ७१ लाख ८३ हजार एनसेलका प्रयोगकर्ता छन् । नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्यासमेत दिनप्रतिदिन बढ्दो छ । हातहातमा मोबाइल र शिक्षामा भएको पहुँच वृद्धिसँगै इन्टरनेट प्रयोगकर्ता बढेका हुन् । मोबाइल, ल्याण्डलाइन, केबल मोर्डेम, एडीएसएल, जीपीआरएस, थ्रिजी तथा फोरजीमार्फत इन्टरनेटको प्रयोग हुन्छ । सरकारले सन् २०२० सम्म देशभर ब्रोडब्यान्ड इन्टरनेट सुविधा पुर्याउने तयारी गरेको छ ।

सूचना सञ्चार प्रविधि (आइसीटी)मा भएको विश्वव्यापी विकास र विस्तार तथा तथा मोबाइल प्रयोगकर्ताको वृद्धिदरलाई प्राथमिकतामा राख्दै सररकाले ब्रोडव्याड इन्टरनेट पहुँचलाइ प्राथमिकता दिएको छ ।  कारोबार दैनिक 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved