तरकारीमा बिचौलियाले नै खान्छन् ५ सय प्रतिशतसम्म नाफा, किसान र उपभोक्ता मारमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 10, 2018 | 07:14:08 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारको फितलो अनुगमन र व्यापारीको सिन्डिकेटका कारण काठमाडांैका उपभोक्ताले कृषकले बिक्री गरेभन्दा तीन सय प्रतिशत बढी मूल्य तिरेर तरकारी उपभोग गर्नुपरेको छ ।

किसानदेखि उपभोक्तासम्म पुग्दा तरकारीको मूल्यमा करिब तीन सय प्रतिशत बढी मूल्यान्तर भेटिएको छ । किसानदेखि उपभोक्तासम्म आइपुग्दा पाँचभन्दा बढी तहमा नाफाखोरको जालोका कारण कृषकले कम र उपभोक्ताले बढी मूल्य तिर्नु परिरहेको छ ।

काभ्रेका किसानले २० रुपैयाँ प्रतिकेजीका दरले बिक्री गरेको काँक्रो काठमाडौंका उपभोक्ताले ६० रुपैयाँ प्रतिकेजीका दरले खरिद गर्ने गरेका छन् । किसानदेखि उपभोक्ताबीचको यो मूल्यान्तर दुई सय प्रतिशत हो ।

त्यस्तै, काभ्रेका किसानले प्रतिकेजी १० रुपैयाँका दरले बिक्री गरेको मुला काठमाडौंका उपभोक्ताले प्रतिकेजी ६० रुपैयाँका दरले खरिद गर्ने गरिरहेका छन् । किसानदेखि उपभोक्तासम्म पुग्दा मुलाको मूल्यमा पाँच सय प्रतिशतको अन्तर देखिन्छ ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा काँक्राको थोक मूल्य प्रतिकेजी ४० देखि ४५ रुपैयाँका छ । तर, उपत्यकाकै भक्तपुरका कृषकले भने सो काँक्रोलाई २० रुपैयाँ केजीमा बिक्री गर्छन् ।

काठमाडौंका व्यापारीले कृषकको खेतमै गएर खरिद गरेर उपत्यकाका खुद्रा पसलमा पु¥याउँदा नै एक सय प्रतिशतभन्दा बढी मूल्य असुल गर्ने गरेका छन् । त्यसमा थोक विक्रेताले थप नाफा राखेर बिक्री गर्दा कृषकले बिक्री गरेको मूल्य भन्दा दुई सय प्रतिशत बढी मूल्य उपभोक्ताले तिर्नुपरेको छ ।

तरकारी व्यापारमा कायम मनपरी मूल्य नियन्त्रणमा सरकारले चासो नदेखाउँदा सीमित व्यापारीले कृषकदेखि उपभोक्तासम्ममा कब्जा जमाई अकुत नाफा कमाउँदै आएको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।

तरकारीमा भएको मनपरीको अर्को उदाहरण भक्तपुरमा उत्पादित आलु र बन्दा हो । सुडालकी आलु कृषक मन्दिरा अधिकारीले बुधबार रातो आलु १५ रुपैयाँ केजीका दरले बेचिन् । तर, कुपण्डोलका रमेश महर्जनले सो आलुलाई ३८ रुपैयाँ केजीमा खरिद गरे ।

भक्तपुरबाट कुपण्डोलसम्म आइपुग्दा आलुमा मात्र प्रतिकेजी २३ रुपैयाँ बीचका व्यापारीले नाफा कमाएको देखिन्छ । सोही आलु बुधबार कालीमाटी फलफूल तथा तरकारी बजारमा २९ रुपैयाँ प्रतिकेजी बिक्री भइरहेको थियो । राजधानी 


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved