प्रदेश ५ सरकारले लगानी सम्मेलन गर्दै

चन्द्रकान्त खनाल

चन्द्रकान्त खनाल

Jan 28, 2020 | 01:00:48 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश ५ सरकारले वैशाखमा लगानी सम्मेलन गर्ने भएको छ । प्रदेश सरकारले लगानीकर्तालाई आकर्षित गर्ने उदेश्यले लगानी सम्मेलन गर्न लागेको जनाएको छ । 

सोमबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले लगानी सम्मेलनको अवधारणा तयर गरेर वैशाख ५ गते सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो । प्रदेशको आर्थिक विकासका लागि आवश्यक श्रोतको पहिचान र परिचालन गर्न लगानी सम्मेलन आयोजना गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए । सरकारले स्वदेशी निजी पूँजी एवम् प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने र प्रदेशमा थप लगानीमैत्री वातावरण निर्माण गर्ने उदेश्य लिएको उनले बताए ।

सम्मेलनबाट प्रदेशमा लगानीको लागि आवश्यक श्रोतको न्यूनतम पूर्ति गर्न सहयोग पुग्ने, स्वदेशी निजी एवम् प्रत्यक्ष वैदेशिक लगानी, नविनतम प्रविधि एवम् ज्ञान परिचालन हुने अपेक्षा प्रदेश सरकारको अपेक्षा छ । 

आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गर्ने सम्मेलनमा स्वदेशी, विदेशी लगानीकर्ता, केन्द्र सरकार, निजी क्षेत्रका व्यवसायीक छाता संगठनहरु, विकास साझेदार संस्थाका प्रतिनिधिहरु, गैरआवासीय नेपालीहरु, विषय विज्ञहरु सहभागी हुनेछन् । 

बैठकले लगानी सम्मेलनलाई व्यवस्थित र उपलब्धिमूलक बनाउन मुख्यमन्त्री एवम् आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोखरेलको संयोजकत्वमा निर्देशक समिति बनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved