मलेसियामा ४ सय ८ नेपालीको राहदानी जलेर नष्ट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 21, 2016 | 09:38:03 AM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियामा  ४ सय ८  नेपालीको राहदानी जलेर नष्ट भएको छ । मलेसियाको जोहोरमा अवस्थित इको शप मार्केटिङ कम्पनीमा विद्युत सर्ट भई आगलागी हुँदा ४ सय ८ जना नेपालीको राहदानी जलेर नष्ट भएको खुल्न आएको हो ।

मानविय क्षति केहि नभएता पनि ठूलो संख्यामा नेपाली कामदारहरुको वैधानिक हैसियत राख्ने आधार आगलागीमा परि नष्ट हुन पुगेको हो । सो कम्पनिमा ४ सय १५ जना नेपाली कामदार भएपनि अन्य ७ जनाको राहदानी विशेष कामले कम्पनि बाहिर लगिएको हुनाले सुरक्षित रहेको छ ।

४३ जना कामदारको साथमा राहदानीको प्रतिलिपी समेत नभएको तथा केहिको नागरिता पनि हराएको हुनाले नयाँ राहदानी बनाउन समस्या भएको छ । आगलागीका कारण खान/बस्न मात्र नभई आप्रवासी कामदारले बोक्नै पर्ने परिचय पत्र समेत नहुदा झनै अप्ठेरो परेको उनीहरु बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved