शाइन रेसुंगा डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 20, 2017 | 09:19:53 AM मा प्रकाशित

laxmi  sunrise bank

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज २ गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७३/७४ को मुनाफाबाट २५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंकले हाल कायम चुक्ता पुंजीको २५ प्रतिशत अर्थात् २७ करोड ५७ लाख २३ हजार १ सय बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव राष्ट बैंकले अनुमति दिएपछि रबैंकको साधारण साधारणसभाले पारित गरेपछि वितरण हुनेछ। 

हाल बैंकको चुक्ता पुंजी १ अर्ब १० करोड २८ लाख  रहेकोमा प्रस्तावित बोनस वितरण पछि बैंकको चुक्ता पुंजी १ अर्ब ३७ करोड पुग्ने छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved